बिनोद चौधरी अवार्ड’ ले सम्मानित

व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्।

भारतको आई्टीपी मिडिया ग्रुपले आतिथ्य सत्कार उद्योगमा अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विशेष ब्यक्तिहरुलाई प्रत्येक बर्ष यो अवार्ड प्रदान गर्दै आएको बताएको छ । चौधरी यो अवार्डबाट सम्मानित हुने नवौं व्यक्ति हुन्। यसअघि दि लिला ग्रुप लगायतका होटल ब्राण्डहरुले यो अवार्ड प्राप्त गरेका छन् ।

बुधबार राती नयाँ दिल्लीस्थित जेडब्लू म्यारियटमा आयोजित समारोहकाबीच उनीलाई उक्त अवार्ड प्रदान गरिएको हो । चौधरी ग्रुपले होटल ब्राण्ड ताजसँग साझेदारी गर्दै आएको छ । हस्पिटालिटी क्षेत्रका विज्ञ सम्मिलित २० सदस्यीय छनोट समितिले आतिथ्य सत्कार उद्योगमा चौधरीको योगदानको कदर गर्दै उनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिन सिफारिस गरेको थियो ।

अवार्ड ग्रहणपछिको मन्तव्यमा अध्यक्ष चौधरीले सन् २००० मा श्रीलंकाबाट आफूले अतिथि सत्कार उद्योगको यात्रा सुरु गरेको स्मरण गर्दै कठिन चुनौतीलाई अवसरमा बदल्दै यहाँसम्म आउन सम्भव भएको बताए। चौधरी ग्रुपले होटल उद्योगको लगानीलाई तिब्रताका साथ विस्तार गरिरहेको जानकारी दिदै उनले सिजी होटल्स एण्ड रिसोर्टस्लाई एसियाकै तीव्र गतिमा फैलिइरहेको ब्राण्डका रुपमा प्रस्तुत गर्न पाउंदा आपूmलाई सन्तुष्टि मिल्ने बताए।

सिजी हस्पिटालिटी अन्तर्गत १५ देशका ९७ स्थानमा करिब एक सय होटल सञ्चालनमा छन् । होटलका विभिन्न ब्राण्डहरुमध्ये आप्mनै स्वामित्वका जिंक र फर्न ब्राण्डबाहेक संयुक्त लगानी तथा साझेदारीका ताज, अलिला, जेटविङ्ग, फार्मजस्ता ब्राण्डहरुसँग पनि ग्रुपले सहकार्य गरिरहेको छ । ताज एक्जोटिका रिसोर्ट्स माल्दिभ्स, ताज समुद्र कोलम्बो, द फार्म इन फिलिपिन्स, जेटविङ्ग उलभियना श्रीलंका र मध्य भारत एवं नेपालको चितवनमा रहेका ताज सफारी होटल रहेका छन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago