बिनोद चौधरी अवार्ड’ ले सम्मानित

व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्।

भारतको आई्टीपी मिडिया ग्रुपले आतिथ्य सत्कार उद्योगमा अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विशेष ब्यक्तिहरुलाई प्रत्येक बर्ष यो अवार्ड प्रदान गर्दै आएको बताएको छ । चौधरी यो अवार्डबाट सम्मानित हुने नवौं व्यक्ति हुन्। यसअघि दि लिला ग्रुप लगायतका होटल ब्राण्डहरुले यो अवार्ड प्राप्त गरेका छन् ।

बुधबार राती नयाँ दिल्लीस्थित जेडब्लू म्यारियटमा आयोजित समारोहकाबीच उनीलाई उक्त अवार्ड प्रदान गरिएको हो । चौधरी ग्रुपले होटल ब्राण्ड ताजसँग साझेदारी गर्दै आएको छ । हस्पिटालिटी क्षेत्रका विज्ञ सम्मिलित २० सदस्यीय छनोट समितिले आतिथ्य सत्कार उद्योगमा चौधरीको योगदानको कदर गर्दै उनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिन सिफारिस गरेको थियो ।

अवार्ड ग्रहणपछिको मन्तव्यमा अध्यक्ष चौधरीले सन् २००० मा श्रीलंकाबाट आफूले अतिथि सत्कार उद्योगको यात्रा सुरु गरेको स्मरण गर्दै कठिन चुनौतीलाई अवसरमा बदल्दै यहाँसम्म आउन सम्भव भएको बताए। चौधरी ग्रुपले होटल उद्योगको लगानीलाई तिब्रताका साथ विस्तार गरिरहेको जानकारी दिदै उनले सिजी होटल्स एण्ड रिसोर्टस्लाई एसियाकै तीव्र गतिमा फैलिइरहेको ब्राण्डका रुपमा प्रस्तुत गर्न पाउंदा आपूmलाई सन्तुष्टि मिल्ने बताए।

सिजी हस्पिटालिटी अन्तर्गत १५ देशका ९७ स्थानमा करिब एक सय होटल सञ्चालनमा छन् । होटलका विभिन्न ब्राण्डहरुमध्ये आप्mनै स्वामित्वका जिंक र फर्न ब्राण्डबाहेक संयुक्त लगानी तथा साझेदारीका ताज, अलिला, जेटविङ्ग, फार्मजस्ता ब्राण्डहरुसँग पनि ग्रुपले सहकार्य गरिरहेको छ । ताज एक्जोटिका रिसोर्ट्स माल्दिभ्स, ताज समुद्र कोलम्बो, द फार्म इन फिलिपिन्स, जेटविङ्ग उलभियना श्रीलंका र मध्य भारत एवं नेपालको चितवनमा रहेका ताज सफारी होटल रहेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago