भगवानलाई चढाएको लड्डु खाएर बेहोस भएकी बालिकाको उपचारको क्रममा ज्यान गएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित इच्छेश्वर महादेव मन्दिरमा चढाइएको लड्डु खाएका स्थानीय सात वर्षीया समृद्धि ङाकुसीको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो।
गएको सोमबार बेलुका मन्दिरका पुजारीले समृद्धिका पिता रमेशलाई मन्दिरमा चढाएको लड्डु बच्चालाई खुवाउन दिएका थिए। रमेशले पनि आफ्ना दुई छोरी समृद्धि र डेढ वर्षीया सम्पदालाई उक्त लड्डु आधा आधा खुवाएका थिए।
लड्डु खाएको करिब पन्ध्र मिनेटपछि समृद्धि बेहोस भएकी थिइन्। सँगै सम्पदा पनि बिरामी भएपछि बुबा रमेशले दुई छोरीलाई भक्तपुरको भेलुखेलस्थित सिद्धि स्मृति अस्पताल लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पताल रिफर गरिएको बुबा रमेशले जानकारी दिए।
उनका अनुसार शिक्षण अस्पतालमा उपचारकै क्रममा बिहीबार दिउँसो समृद्धिको ज्यान गएको हो। यता सम्पदा भने बिहीबार नै उपचारपछि डिस्चार्ज भएकी छन्।
बुबा रमेशका अनुसार समृद्धिले बुधबार एक्कासी रगतसहितको वान्ता गरेकी थिइन्। वान्ता गरेर सिकिस्त भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको चिकित्सकहरुले जानकारी दिएको बुबा रमेशले बताए।
उनका अनुसार समृद्धिले खाएको लड्डुमा भाङ र धतुरोको अंश मिसिएको चिकित्सकहरुले जानकारी गराएका थिए। यता मन्दिरका पुजारीले भने उक्त लड्डु चढाउने व्यक्तिको पहिचान एकिन नभएको बताएका छन्। पुजारीले अघिपछि पनि स्थानीयलाई मन्दिरमा चढाएका लड्डु स्थानीयलाई बाँड्ने गर्दै आएका थिए। तर यसअघि यस्तो कुनै घटना भएको थिए।
यता महानगरीय प्रहरी वृत्त जगातीले भने उक्त घटनासम्बन्धमा कार्यालयमा कुनै जाहेरी तथा उजुरी नपरेको बताएको छ। उक्त क्षेत्र हेर्ने वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आफूले उक्त घटनाबारे सुनेको तर कार्यालयका त्यसबारे सम्बन्धित परिवारको तर्फबाट कुनै उजुरी तथा जाहेरी नपरेको जानकारी दिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…