नवलपरासी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सांसद् तिलक महतले निर्वाचनका समयमा भएको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । उनले निर्वाचन प्रचारका क्रममा २० लाख १७ हजार ५ सय खर्च भएको विवरण बुझाएका हुन् । निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको छ ।
एमालेबाट निर्वाचित सांसद् महतका तर्फबाट सहयोगी नारायण तिमिल्सिनाले जिल्ला निर्वाचन कार्यालयमा चुनाव प्रचारका क्रममा भएको खर्च विवरण बुधबार बुझाएका हुन् । निर्वाचन आयोगमा चुनावको खर्च विवरण बुझाउने महत जिल्लाको पहिलो सांसद् बनेको छ ।
निर्वाचन सकिएको १ महिनामा उम्मेदवारले खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्ने प्रावधान छ । महतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुबहादुर कार्कीलाई १५ सय ५४ मतान्तरले पराजित गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…