कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरू विगत तीन महिनादेखि ‘विना विभागीय’ हैसियतमा छन् । सरकारमै रहेका बेला एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले गत असोजमा माओवादी मन्त्रीको जिम्मेवारी खोसेर ‘विना विभागीय’ को हैसियतमा पुर्याइदिएका थिए ।
मंसिर १० र २१ को निर्वाचनपछि पनि माओवादी मन्त्रीले सरकार छाडेका छैनन् । यस विषयमा माओवादी केन्द्रले आधिकारिक निर्णय पनि गरेका छैनन् । सरकार निर्वाचन भाँड्ने खेलमा लागेको भन्दै माओवादी मन्त्रीले सरकार छाडेका थिएनन् । अब निर्वाचन सम्पन्न भई मत परिणाम आइसक्दा पनि उनीहरूले सरकार किन छाडिरहेका छैनन् भन्ने विषय रहस्यमै छ ।
स्रोतका अनुसार एमालेसँग पार्टी एकता गर्ने निर्णय भए पनि उसले सरकार गठनपछि मात्रै एकता प्रक्रियालाई अघि बढाउने भएकाले ‘बार्गेनिङ’ कै लागि माओवादीले सरकार छाड्न सकेको छैन । अहिलेसम्म एमालेकै नेतृत्वमा सरकार बन्छ भन्ने निश्चित छैन माओवादी केन्द्रले सहयोग नगरेमा । यदि पार्टी एकतामा सम्मानजनक हैसियत नपाए माओवादी आफ्नै नेतृत्वमा सरकार बनाउने पोजिसनमा रहेको छ । सोही कारण माओवादी मन्त्रीले राजीनामा नदिएको स्रोतले बतायो ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…