मन्त्रीले सरकार किन छाड्दैनन् ? यस्तो रहिछ देउवा नहट्नुको कारण

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरू विगत तीन महिनादेखि ‘विना विभागीय’ हैसियतमा छन् । सरकारमै रहेका बेला एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले गत असोजमा माओवादी मन्त्रीको जिम्मेवारी खोसेर ‘विना विभागीय’ को हैसियतमा पुर्‍याइदिएका थिए ।

मंसिर १० र २१ को निर्वाचनपछि पनि माओवादी मन्त्रीले सरकार छाडेका छैनन् । यस विषयमा माओवादी केन्द्रले आधिकारिक निर्णय पनि गरेका छैनन् । सरकार निर्वाचन भाँड्ने खेलमा लागेको भन्दै माओवादी मन्त्रीले सरकार छाडेका थिएनन् । अब निर्वाचन सम्पन्न भई मत परिणाम आइसक्दा पनि उनीहरूले सरकार किन छाडिरहेका छैनन् भन्ने विषय रहस्यमै छ ।

स्रोतका अनुसार एमालेसँग पार्टी एकता गर्ने निर्णय भए पनि उसले सरकार गठनपछि मात्रै एकता प्रक्रियालाई अघि बढाउने भएकाले ‘बार्गेनिङ’ कै लागि माओवादीले सरकार छाड्न सकेको छैन । अहिलेसम्म एमालेकै नेतृत्वमा सरकार बन्छ भन्ने निश्चित छैन माओवादी केन्द्रले सहयोग नगरेमा । यदि पार्टी एकतामा सम्मानजनक हैसियत नपाए माओवादी आफ्नै नेतृत्वमा सरकार बनाउने पोजिसनमा रहेको छ । सोही कारण माओवादी मन्त्रीले राजीनामा नदिएको स्रोतले बतायो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago