भाइतिहार सकिएको दुई महिनापछि बुधबार कर्णालीवासीले छोरातिहार मनाएका छन्। प्रत्येक वर्ष पुस शुक्ल द्वितीयाका दिन जुम्ला र डोल्पाका बासिन्दाले छोरातिहार धुमधामका साथ मनाउने गर्छन्। भाइटीकाजस्तै छोरातिहारमा आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकार दिने गर्छिन्। टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामनासहित आशीर्वाद दिने गरिन्छ।
छोराले पनि आमालाई सगुनका रूपमा पैसा, कपडालगायत उपहार दिएर टीका थाप्छन्। छोरातिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर–घर तथा गाउँबस्तीमा भैलो खेल्छन्। पुरुष मात्रै होइन, यहाँका महिलाले पनि सार्वजनिक स्थलमा भेला भएर चुट्किला, देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने त्रिपुरासुन्दरी–१ का रविप्रसाद न्यौपानेले बताए।
यो भैलो तिहारको देउसीभन्दा फरक ढंबाट र फरक लयमा खेलिन्छ,’ उनले भने। भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाले मिलेर पाठी भात (स्थानीय भाषामा) खाने प्रचलन रहेको उनले बताए। छोरातिहारमा आमा नहुनेहरू भने मन्दिरमा गएर पुजारीको हातबाट टीका लगाउने गर्छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…