चाड मा जहाँ आमाले तिहार मा छोरालाई पूजा गर्छन्

भाइतिहार सकिएको दुई महिनापछि बुधबार कर्णालीवासीले छोरातिहार मनाएका छन्। प्रत्येक वर्ष पुस शुक्ल द्वितीयाका दिन जुम्ला र डोल्पाका बासिन्दाले छोरातिहार धुमधामका साथ मनाउने गर्छन्। भाइटीकाजस्तै छोरातिहारमा आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकार दिने गर्छिन्। टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामनासहित आशीर्वाद दिने गरिन्छ।

छोराले पनि आमालाई सगुनका रूपमा पैसा, कपडालगायत उपहार दिएर टीका थाप्छन्। छोरातिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर–घर तथा गाउँबस्तीमा भैलो खेल्छन्। पुरुष मात्रै होइन, यहाँका महिलाले पनि सार्वजनिक स्थलमा भेला भएर चुट्किला, देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने त्रिपुरासुन्दरी–१ का रविप्रसाद न्यौपानेले बताए।

यो भैलो तिहारको देउसीभन्दा फरक ढंबाट र फरक लयमा खेलिन्छ,’ उनले भने। भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाले मिलेर पाठी भात (स्थानीय भाषामा) खाने प्रचलन रहेको उनले बताए। छोरातिहारमा आमा नहुनेहरू भने मन्दिरमा गएर पुजारीको हातबाट टीका लगाउने गर्छन्।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago