सीताप्रतिको प्रचण्डको अपूर्व प्रेम

एकमात्र छोरा प्रकाशको निधनका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अझै पूर्णरुपमा सम्हालिन सकेकी छैनन्।

उनलाई पूर्ववत स्थितिमा ल्याउन प्रचण्डले हर कोशिष गरिरहेका छन्। सम्हालिन नसकेकी सीतालाई उनले पहिलेभन्दा बढि स्नेह दिएका छन्, माया दर्शाएका छन्।

चुनावी अभियानमै रहँदा ३ कार्तिकमा प्रकाशको निधन भयो। चुनावका कारण प्रचण्डले सीतालाई घुमाउन त लैजान पाएनन्। तर चुनाव अवधिभर उनको साथ छाडेनन्।

चुनाव सकिएलगत्तै चितवनको पर्यटकीय स्थल पटिहानी पुर्याए। काठमाडौं फर्केपछि पनि उनले बुधबार सीतालाई घुमाउन काभ्रेको धुलिखेल पुर्‍याए।

चुनावपछि जे जस्तो राजनीतिक परिस्थिति सिर्जना हुँदैछ, खासमा यो प्रचण्डका लागि घुमिहिँड्ने समय होइन र अरुबेला घुमफिरमा रुचि भएपनि राजनीतिक गतिरोध बढ्दा यसरी घुमफिर गरी हिँड्ने प्रचण्डको स्वभाव पनि होइन। तर पारिवारिक परिस्थितिका कारण उनी कहिले पटिहानी पुगेका छन् त कहिले धुलिखेल।

बुधबार काठमाडौंमा वामगठबन्धनको तर्फबाट विजयी प्रतिनिधिहरुलाई बधाई दिने कार्यक्रम भएपनि विह्वल सीताको मन भुलाउनका लागि उनी धुलिखेल पुगे। र, पत्नी सीतालाई त्यहाँको भट्टे डाँडास्थित स्याउ बगैंचा घुमाए। बगैंचामा बसेर उनले पत्नी सीतासँग फोटो पनि खिचाए। फोटोले देखाउँछ– सीता अझै सम्हालिएकी छैनन्।

सीताको विह्वलपना मात्र होइन, सीताप्रतिको प्रचण्डको अपूर्व प्रेमपनि यो फोटोले देखाउँछ। प्रचण्ड–सीताका साथमा सुरक्षाका लागि खटिएका एकजना प्रहरी छन्, साथै जेठी छोरी गंगा केसीतर्फकी जेठी नातिनी सृष्टि दाहाल केसी पनि छिन्।

सीताप्रतिको माया प्रदर्शनका लागि नै होला, सीताको दुवै काँधमा आफ्ना दुई हात राखेर प्रचण्डले फोटो खिचाएका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago