यमनमा पछिल्लो समयमा जारी द्वन्द्वमा सर्वसाधारण नागरिक मारिने क्रम नरोकिएको भन्दै यसको रक्षाका लागि संयुक्त राष्ट्रसंघले विशेष अपिल गरेको समाचार छ ।
यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा जारी विद्रोही र सरकारी सेनापक्षीय दोहोरो झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको ज्यान जाने गरेको तथ्य प्रस्तुत गर्दै सो आग्रह गरेका हुन् ।
द्वन्द्वको चपेटामा परी निर्दोष र सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरको अवस्था रहेकोतर्फ उनले सम्बद्ध सबैको ध्यानाकर्षण गराएका छन् ।
यमनको राजधानी सानामा पछिल्ला केही समययता पनि ठूला भिडन्तहरु भएका समाचारहरु आएका छन् । ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य हो–स्माली ओल्ड चेख अहमदले बताएका छन् ।
सानामा पछिल्लो समययता यहाँका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्त भएका छन् ।
युद्धका बेलामा पनि विभिन्न विद्रोही समूह हुन् वा सरकारी सेनाले समेत अन्तरराष्ट्रिय कानुनको पालनाका साथै अरु विभिन्न प्रचलित कानुनको पालना गर्नु ती सबै समूहको कर्तव्य भएको पनि उनले सो विज्ञप्तीमा उल्लेख गरेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…