संयुक्त राष्ट्रसंघ को विशेष अपिल

यमनमा पछिल्लो समयमा जारी द्वन्द्वमा सर्वसाधारण नागरिक मारिने क्रम नरोकिएको भन्दै यसको रक्षाका लागि संयुक्त राष्ट्रसंघले विशेष अपिल गरेको समाचार छ ।

यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा जारी विद्रोही र सरकारी सेनापक्षीय दोहोरो झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको ज्यान जाने गरेको तथ्य प्रस्तुत गर्दै सो आग्रह गरेका हुन् ।

द्वन्द्वको चपेटामा परी निर्दोष र सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरको अवस्था रहेकोतर्फ उनले सम्बद्ध सबैको ध्यानाकर्षण गराएका छन् ।

यमनको राजधानी सानामा पछिल्ला केही समययता पनि ठूला भिडन्तहरु भएका समाचारहरु आएका छन् । ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य हो–स्माली ओल्ड चेख अहमदले बताएका छन् ।

सानामा पछिल्लो समययता यहाँका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्त भएका छन् ।

युद्धका बेलामा पनि विभिन्न विद्रोही समूह हुन् वा सरकारी सेनाले समेत अन्तरराष्ट्रिय कानुनको पालनाका साथै अरु विभिन्न प्रचलित कानुनको पालना गर्नु ती सबै समूहको कर्तव्य भएको पनि उनले सो विज्ञप्तीमा उल्लेख गरेका छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago