शरणार्थी फिर्ता गर्ने बारेमा छलफल

बङ्गलादेशमा रहेका म्यान्माली रोहिङ्ग्या जातिका शरणार्थीलाई स्वदेश फिर्तागर्ने बारेमा दुई देशका अधिकारीबीच छलफल भएको छ । बङ्गलादेश र म्यानमारका अधिकारीबीच सोमबार यस विषयमा छलफल भएको एकजना बङ्गलादेशी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन् । उनका अनुसार यसअघि बङ्गलादेश र म्यानमारबीच भएको करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्नेसम्बन्धी सहमतिको आधारमा सोमबार सो छलफल भएको हो ।

यस विषयमा थप छलफलका लागि सोमबार बङ्गलादेश र म्यानमारका गृह प्रशासनअन्तर्गतका उच्च अधिकारीबीच बङ्गलादेशको ढाकामा भेटवार्ता भएको उनले बताएका छन् । तर सो वार्तामा के कति प्रगति भयो वा कहिलेदेखि ती शरणार्थीलाई स्वदेश फर्काउने प्रक्रियाको थालनी हुनेछ भन्ने बारेमा भने उनले केही बताएका छैनन् ।

म्यानमारमा उक्त समुदायमाथि भएको हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यानमारको रोहिङ्ग्या समुदायले देश छोडेर भागेको थियो ।
विशेषगरी रोहिङ्ग्याको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट करिब छ लाख २० हजार जनता भागेर बङ्गलादेश पुगेका छन् । गत अक्टोबरको २५ तारिखदेखि भागेका शरणार्थी हाल बङ्गलादेशको कोक्स बजार क्षेत्रमा बसेका छन् ।

विश्वभरबाट म्यानमारको रोहिङ्ग्या शरणार्थीलाई फिर्तागर्न माग गरिरहेको समयमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा गत महिना शरणार्थीलाई फर्काउने सहमति भएको थियो ।

दुई महिनाभित्र पहल शुरु गर्ने सहमति भएको उक्त बैठकपछि जारी गरिएको विज्ञप्तिमा जनाइएको थियो । सोही बमोजिम सोमबार र त्यसअघि पनि दुई पटकसम्म यी दुई देशका अधिकारीबीच छलफल भएको थियो ।

यी दुई देशले सहमति गरेअनुसार दुवै देशका तर्फबाट संयुक्त रुपमा कार्यदल बनाई काम शुरु गरिने जनाइएको थियो । तर त्यस्तो कार्यदल गठन भएको बारेमा पनि समाचार भने सार्वजनिक भएको छैन ।
उता हालैमात्र मानवअधिकारवादीहरुले सार्वजनिक गरेको एक प्रतिवेदनमा म्यानमारको सेनाकै संलग्नतामा उनीहरुमाथि हिंसा भएको मात्र नभएर करिब ७ हजार जनाको हत्या नै भएको भनी एक अनुसन्धान प्रतिवेदनमा बाहिर आएको थियो ।

तर सो प्रतिवेदनप्रति म्यानमारको सेनाले भने आपत्ति जनाएको छ । आफूले त्यस्तो हिंसा नगरेको उसको दाबी छ । तर त्यसप्रति विश्वास गर्ने आधारहरु भने नभेटिएको विश्व समुदायको भनाई छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago