हिमालय एयरलाइन्सले एकैपटक १ सय ३० जना नयाँ पाइलट भर्ना गर्ने घोषणा गरेको छ ।

नेपाल–चीन संयुक्त लगानीमा स्थापित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२१४’ सिरिजका तीनथान र निकट भविष्यमा ल्याउन लागेको यही सिरिजका थप दुई गरी पाँच जहाजका लागि ती पाइलट भर्ना गर्ने घोषणा गरेको हो । कम्पनीका तीनवटै जहाजमा ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन् ।हिमालयका अनुसार ‘टाइप रेटेड एक्जामिनर’ (टिआरइ) पाँचजना, ‘टाइप रेटेड इन्स्ट्रक्टर’ (टिआरआइ) पाँच र ‘लाइन ट्रेनिङ क्याप्टेन’ (एलटिसी) आठजना लिइने छ । त्यसैगरी टाइप रेटेड ‘लाइन क्याप्टेन’ २८ जना र नन टाइप रेटेड लाइन क्याप्टेन पनि २८ जना तर नेपालीमात्र लिइने छ । त्यस्तै टाइप रेटेड ‘फस्र्ट अफिसर’ (को–पाइलट) २८ जना र नन टाइप रेटेड फस्र्ट असिफर (को–पाइलट) पनि २८ जना नै लिइने तर सबै नेपाली नागरिक हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टिआरइ, टिआरआइ, एलटिसी र टाइप रेटेड लाइन क्याप्टेनको उमेर ६३ वर्षभन्दा कम हुनुपर्ने छ । त्यस्तै नन टाइप रेटेड लाइन क्याप्टेनको उमेर ५५ वर्ष र टाइप रेटेड फस्र्ट अफिसरको उमेर ४५ वर्षभन्दा कम हुनुपर्ने छ भने नन टाइप रेटेड फस्र्ट अफिसरको उमेर २१ देखि ४५ वर्षसम्म हुनुपर्ने छ ।
हिमालयले पाइलटबाहेक २८ जना ‘पर्सर’ तथा १० जना ‘वरिष्ठ क्याबिन क्रु’ पनि भर्ना गर्न लागेको छ । पर्सरको उमेर ५० वर्षभन्दा कम हुनुपर्ने छ भने वरिष्ठ क्याबिन क्रुको उमेर २१ देखि ३० वर्षसम्म हुनुपर्ने छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago