हिमालय एयरलाइन्सले एकैपटक १ सय ३० जना नयाँ पाइलट भर्ना गर्ने घोषणा गरेको छ ।

नेपाल–चीन संयुक्त लगानीमा स्थापित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२१४’ सिरिजका तीनथान र निकट भविष्यमा ल्याउन लागेको यही सिरिजका थप दुई गरी पाँच जहाजका लागि ती पाइलट भर्ना गर्ने घोषणा गरेको हो । कम्पनीका तीनवटै जहाजमा ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन् ।हिमालयका अनुसार ‘टाइप रेटेड एक्जामिनर’ (टिआरइ) पाँचजना, ‘टाइप रेटेड इन्स्ट्रक्टर’ (टिआरआइ) पाँच र ‘लाइन ट्रेनिङ क्याप्टेन’ (एलटिसी) आठजना लिइने छ । त्यसैगरी टाइप रेटेड ‘लाइन क्याप्टेन’ २८ जना र नन टाइप रेटेड लाइन क्याप्टेन पनि २८ जना तर नेपालीमात्र लिइने छ । त्यस्तै टाइप रेटेड ‘फस्र्ट अफिसर’ (को–पाइलट) २८ जना र नन टाइप रेटेड फस्र्ट असिफर (को–पाइलट) पनि २८ जना नै लिइने तर सबै नेपाली नागरिक हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टिआरइ, टिआरआइ, एलटिसी र टाइप रेटेड लाइन क्याप्टेनको उमेर ६३ वर्षभन्दा कम हुनुपर्ने छ । त्यस्तै नन टाइप रेटेड लाइन क्याप्टेनको उमेर ५५ वर्ष र टाइप रेटेड फस्र्ट अफिसरको उमेर ४५ वर्षभन्दा कम हुनुपर्ने छ भने नन टाइप रेटेड फस्र्ट अफिसरको उमेर २१ देखि ४५ वर्षसम्म हुनुपर्ने छ ।
हिमालयले पाइलटबाहेक २८ जना ‘पर्सर’ तथा १० जना ‘वरिष्ठ क्याबिन क्रु’ पनि भर्ना गर्न लागेको छ । पर्सरको उमेर ५० वर्षभन्दा कम हुनुपर्ने छ भने वरिष्ठ क्याबिन क्रुको उमेर २१ देखि ३० वर्षसम्म हुनुपर्ने छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago