कलेजको शिक्षकहरु आन्दोलनमा, भोली बार्ता हुने

कलेजमा २८ शिक्षक छन् सबैको १४ महिना भयो तलब पाको छैन्,घरमा परिवार बाल बच्चा  छन् कसरी गुजारा चलाउने एक शिक्षकले यसरी गुनासो पोखे । जीतपुर सिमरामा रहेको सिमरा कलेजमा शिक्षकहरु द्वारा हातमा कालोपट्टी बांधी पठ्न पाठ्न हुदै आएको छ । शिक्षकहरुले विगत ३ बर्षदेखीको बांकी रहदै आएको १४ महिनाको तलब भक्ता नपाएपछि पौष १ गतेदेखी विरोध कार्यक्रम अन्तरगत हातमा कालोपट्टी बांधेर काम गरेको कलेजका शिक्षक प्रतिनिधी सञ्च बहादुर दोङ्गले बताए ।

कलेज ब्यवस्थापन समितिलाई घोषित कार्यक्रम अन्तरगत पौष १ देखी १० गतेसम्म हातमा कालोपट्टी बांधेर कामगर्ने त्यसपछि पनी माग सुनवाई नभए पौष ११ गतेबाट पेन डाउन गर्ने र त्यसपछि पनी सुनवाई नभए आफूहरुले कडा अन्दोलन गर्ने चेतावनी शिक्षक प्रतिनिधी दोङ्गले पलखबर संगको कुरामा बताए ।

कलेज ब्यवस्थापन समितिलाई एक सुत्रीय माग राखि मंसिर ११ गते लिखित अल्टिमेटम दिएपनी कुनै सुनवाई नभएपछी आन्दोलन स्वरुप विरोधको कार्यक्रम गर्न आफुहरु बाध्य भएको कलेजका शिक्षक केदार विसुराल बताउछन् ।

कलेजका प्रिन्सिपल रहेका सुमन भट्टराईको मंसिर १० गतेबाटनै ३ बर्षको कार्यकाल सकिएको छ । ब्यवस्थापन समितिले हिजो मंगलवार कायम मुकायम प्रिन्सिपलको जिम्मेवारी सालिकराम अधिकारीलाई निर्णय गरि दिएको छ । अधिकारीका अनुसार भोली विहिबार दिउंसो २बजे कलेज ब्यवस्थापन र शिक्षक बिच बर्ताको लागि बोलाईएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago