परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा सञ्चालन हुनेछ ।
यस्तै, चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । चैत १० गते शनिबार र ११ गते आइतबार भने चैते दशैं परेकाले परीक्षा सञ्चालन नहुने र बिदा दिइएको नियन्त्रक रेग्मीले जानकारी दिए ।
त्यसैगरी अन्तिम दिन चैत २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, इण्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेन्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । गतवर्ष भने चैत ३ गतेबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…