नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश असंवैधानिक भएको दावी गर्दै अध्यादेश प्रमाणीकरण गर्न नमिल्ने जिकिर गर्नु भएको छ । उहाँले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएर विवादमा तान्नु संविधान विपरित हुने बताउनुभयो । उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जनमत अनुसार छिट्टै सरकार बन्ने बताउनुभयो ।
उहाँले जनप्रतिनिधिहरुले इमानमा तलमाथि भए वा लापरवाही गरे सैहृय नहुने पनि बताउनुभयो । उहाँले अब बन्ने सरकारले भ्रष्टाचारविरुद्ध कडा रबैया अपनाउने र भ्रष्टाचारमा संलग्न पाइए नेता, कर्मचारी वा व्यापारी कसैलाई नछाड्ने चेतावनी दिनुभयो । अध्यक्ष ओलीले सरकार र मन्त्रीहरुलाई हैसियत र मर्यादा बुझ्न चेतावनी समेत दिनुभयो । कार्यक्रममा नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले सरकार निर्माणमा अवरोध गर्नेलाई नछाड्ने चेतावनी दिनुभयो ।
उहाँले राष्ट्रियसभा गठन विवादका कारण सरकार गठनमा भएको विलम्ब तर्फ संकेत गर्दैे कुनै राजनीतिक सम्झौता गर्नु परे नयाँ सरकारले नै गर्ने बताउनुभयो । उहाँले चुनावी विजयसँगै जनताको लागि काम गरेर देखाउनुपर्ने चुनौती सँगै अवसर आएको बताउनुभयो । कार्यक्रममा एमालेका नेता माधव नेपालले पूरानो शैलीले देश नचल्ने भन्दै सरकार चलाउन मात्र नभएर पार्टी एक बनाउन पनि वाम गठबन्धनलाई जनमत प्राप्त भएको जिकिर गर्नुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…