एउटा टोल मा २ वटा धारा दलित को छुटै

अर्घाखाँचीको मालारानी गाउँपालिका ८ हंसपुरमा दलितका ३५ घरका लागि खानेपानीको एउटा मात्र धारो छ । नजिकै रहेको ‘उपल्लो जाति’को धारामा दलितले पानी भर्न पाउँदैनन्। ‘पानी भर्न जाँदा ग्रागी फालिदिन्छन्। हाम्रो धारो हो भनेर पानी छुन दिँदैनन्’, ६९ वर्षीया टुकी परियारले भनिन्।

बिहान र बेलुका एक/एक घण्टा मात्र पानी आउँछ । त्यो दलित परिवारका लागि पर्र्याप्त हुँदैन । ‘धारामा ग्रागीका लाइन हुन्छन् । कहिलेकाहीँ पानी नआउँदा रित्तै फर्किनुपर्छ । अरू धारामा पानी भर्न पाइन्न’, उनले गुनासो गरिन् । बर्खाको तुलनामा हिउँदमा दलित परिवारले पानीको सास्ती भोग्नुपर्छ ।

उनीहरू नुहाउन र लुगा धुने पानीका लागि दुई घण्टा टाढाकोे पँधेरो धाउँछन् । ‘प्यास लाग्दा पनि बचाइबचाई पानी पिउनुपर्छ’, बबिना परियारले भनिन्। चुनावमाएउटा टोल मा २ वटा धारा दलित को छुटै जति बाचा गरे पनि जनप्रतिनिधिले काम नगरेको स्थानीयको आरोप छ । विजयी बनाएर पठाए पनि काम गर्लान् भन्ने आस नरहेको उनीहरूले गुनासो छ |

मालारानी गाउँपालिका ८ का वडाध्यक्ष नरेन्द्र बस्नेत भने दलित बस्तीमा खानेपानी पुर्‍याउने कामलार्ई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँछन्। गाउँपालिकाले फिरफिरेबाट रतनमारे, हंसपुर हुँदै काभ्रेसम्म खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम गर्ने योजना बनाएको उनको भनाइ छ। अहिले दुईवटा लिफ्टिङ खानेपानी आयोजनाको तयारी भइरहेको छ। चाँडै समस्या समाधान हुनेछ’, उनले भने।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago