एउटा टोल मा २ वटा धारा दलित को छुटै

अर्घाखाँचीको मालारानी गाउँपालिका ८ हंसपुरमा दलितका ३५ घरका लागि खानेपानीको एउटा मात्र धारो छ । नजिकै रहेको ‘उपल्लो जाति’को धारामा दलितले पानी भर्न पाउँदैनन्। ‘पानी भर्न जाँदा ग्रागी फालिदिन्छन्। हाम्रो धारो हो भनेर पानी छुन दिँदैनन्’, ६९ वर्षीया टुकी परियारले भनिन्।

बिहान र बेलुका एक/एक घण्टा मात्र पानी आउँछ । त्यो दलित परिवारका लागि पर्र्याप्त हुँदैन । ‘धारामा ग्रागीका लाइन हुन्छन् । कहिलेकाहीँ पानी नआउँदा रित्तै फर्किनुपर्छ । अरू धारामा पानी भर्न पाइन्न’, उनले गुनासो गरिन् । बर्खाको तुलनामा हिउँदमा दलित परिवारले पानीको सास्ती भोग्नुपर्छ ।

उनीहरू नुहाउन र लुगा धुने पानीका लागि दुई घण्टा टाढाकोे पँधेरो धाउँछन् । ‘प्यास लाग्दा पनि बचाइबचाई पानी पिउनुपर्छ’, बबिना परियारले भनिन्। चुनावमाएउटा टोल मा २ वटा धारा दलित को छुटै जति बाचा गरे पनि जनप्रतिनिधिले काम नगरेको स्थानीयको आरोप छ । विजयी बनाएर पठाए पनि काम गर्लान् भन्ने आस नरहेको उनीहरूले गुनासो छ |

मालारानी गाउँपालिका ८ का वडाध्यक्ष नरेन्द्र बस्नेत भने दलित बस्तीमा खानेपानी पुर्‍याउने कामलार्ई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँछन्। गाउँपालिकाले फिरफिरेबाट रतनमारे, हंसपुर हुँदै काभ्रेसम्म खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम गर्ने योजना बनाएको उनको भनाइ छ। अहिले दुईवटा लिफ्टिङ खानेपानी आयोजनाको तयारी भइरहेको छ। चाँडै समस्या समाधान हुनेछ’, उनले भने।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago