एक हप्ता अगाडिदेखि अत्याधिक चिसो बढेपछि सिरहा लगायत पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ ।
बिहानैदेखि बाक्लो हुस्सु र चिसो हावासँगै शीतलहर चलेपछि जनजीबन कष्टपूर्ण भएको हो । शीत लहरसँगै चिसो बढेपछि सिरहाका विद्यालयहरुमा विद्यार्थी संख्या घटेको छ भने बजार पसलमा मानिसहरुको चहल पहल घटेको छ ।
त्यसैगरी बाक्लो हुस्सु लागेपछि दैनिक काम काज गराउन आउनेहरु घटेपछि सिरहाका सरकारी कार्यलयहरु सुनसान भएका छन् ।
शीतलहरका कारण सबैभन्दा बढी गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका जेष्ठ नागरिक र बिरामी तथा असक्तहरु बढी प्रभाबित भएका छन् ।
शीत लहरका कारण सिरहाका ग्रामीण स्वास्थय चौकी र जिल्ला अस्पतालमा समेत बिरामीको चाप बढ्न थालको छ । ग्रामीण स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा चिसोका कारण नबजात शिशु र बालबालिकामा कोल्ड डाईरिया तथा निमानियाँ जस्ता समस्या भएका बिरामी बढी आउने गरेको स्वास्थ्य कार्यलय सिरहाले जानकारी दिएको छ ।
एक हप्ता अघिसम्म दम , निमोनिया तथा कोल्ड डाईरियाका बिरामी १०, १२ जना आउने गरेकोमा अहिले दैनिक ५०/ ६० जनासम्म आउने गरेको स्वास्थ्य कार्यलय सिरहाले बताएको छ । बृद्धबृद्धाहरुमा रुघा खोकी ज्वरो, दम, स्वास प्रशवास सम्बन्धि रोगका बिरामी बढेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…