शीतलहरका कारण तराई को जनजीवन कष्टकर, सडक सुनसान

एक हप्ता अगाडिदेखि अत्याधिक चिसो बढेपछि सिरहा लगायत पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ ।
बिहानैदेखि बाक्लो हुस्सु र चिसो हावासँगै शीतलहर चलेपछि जनजीबन कष्टपूर्ण भएको हो । शीत लहरसँगै चिसो बढेपछि सिरहाका विद्यालयहरुमा विद्यार्थी संख्या घटेको छ भने बजार पसलमा मानिसहरुको चहल पहल घटेको छ ।

त्यसैगरी बाक्लो हुस्सु लागेपछि दैनिक काम काज गराउन आउनेहरु घटेपछि सिरहाका सरकारी कार्यलयहरु सुनसान भएका छन् ।
शीतलहरका कारण सबैभन्दा बढी गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका जेष्ठ नागरिक र बिरामी तथा असक्तहरु बढी प्रभाबित भएका छन् ।

शीत लहरका कारण सिरहाका ग्रामीण स्वास्थय चौकी र जिल्ला अस्पतालमा समेत बिरामीको चाप बढ्न थालको छ । ग्रामीण स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा चिसोका कारण नबजात शिशु र बालबालिकामा कोल्ड डाईरिया तथा निमानियाँ जस्ता समस्या भएका बिरामी बढी आउने गरेको स्वास्थ्य कार्यलय सिरहाले जानकारी दिएको छ ।

एक हप्ता अघिसम्म दम , निमोनिया तथा कोल्ड डाईरियाका बिरामी १०, १२ जना आउने गरेकोमा अहिले दैनिक ५०/ ६० जनासम्म आउने गरेको स्वास्थ्य कार्यलय सिरहाले बताएको छ । बृद्धबृद्धाहरुमा रुघा खोकी ज्वरो, दम, स्वास प्रशवास सम्बन्धि रोगका बिरामी बढेका छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago