मनास्लु हिमाल आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि आएको छ । आरोहणका लागि गोरखाबाट प्रवेश गरी लमजुङबाट बाहिरिनेक्रम बढेको हो । मनास्लु हिमाल आरोहण गर्नेमध्ये अधिकांश पर्यटक थोरङ्ला भञ्ज्याङ पास गर्ने गर्दथे ।

पछिल्ला वर्षमा थोरङ्ला पास नगरी मनाङको धारापानीबाटै लमजुङ भएर बाहिरिनेको संख्यामा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पर्यटन सूचना केन्द्र खुदीका रेन्जर वासुदेव न्यौपानेले बताए ।

सूचना केन्द्रकाअनुसार यो वर्ष करिब ६ हजार पर्यटक लमजुङबाट बाहिरिएका छन् । मनास्लु हिमाल आरोहणका लागि लमजुङबाट जाने अनुमति दिइएको भएपनि खासै पर्यटक नआएको पर्यटन व्यवसायी बताउँछन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago