पद नछाड्न देउवालाई संविधानविद्को सुझाव

नेपाली कांग्रेस निकट कानून व्यवसायी र संविधानविद्हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल राजीनामा नदिन सुझाव दिएका छन् । प्रधानमन्त्री देउवाले शनिवार साँझ कांग्रेस निकट कानून व्यवसायी र केही संविधानविद्हरुलाई बालुवाटार बोलाएर परामर्श लिएका थिए । राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक राष्ट्रपतिले रोक्न नहुने भन्दै संविधानविद्हरुले संवैधानिक पदमा रहेको व्यक्तिले कुनै दलको प्रभाव पर्न नहुने पनि तर्क गरे ।
सरकारले दुई महिना अगाडि नै प्रमाणिकरणका लागि पेश गरेको राष्ट्रिय सभा गठनसम्बन्धी विधेय रोकेर राष्ट्रपतिले गैरसंवैधानिक काम गरेको उनीहरुको भनाइ थियो ।

देउवासँगको छलफलमा कानून व्यवसायी तथा संविधानविद्हरुले राष्ट्रिय सभा गठन पछि मात्रै पद छाड्न सुझाव दिए ।
बालुवाटार पुगेका संविधानविद् पूर्णमान शाक्यले राष्ट्रिय सभा गठन पछि मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट संख्या बाँडफाँट हुने भएकाले राष्ट्रपतिले विधेयक रोक्न नुहने राय व्यक्त गरे । राष्ट्रिय सभाको गठन नगरी प्रतिनिधिसभाको समानुपातिकतर्फबाट उम्मेदवार चयन हुन नसक्ने व्यवस्था संविधानमा स्पष्ट रुपमा उल्लेख गरिएको उनको दावी थियो । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका कानून व्यवसायी हरिहर दाहालले राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक रोकेर राष्ट्रपतिबाट असंवैधानिक कार्य भएको बताए ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौलालगयत करिव १० जना कानून व्यवसायी र संविधानविद्हरु सहभागी थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago