ओलीले लिय बधाई जापानि रजदुत ओगाबले बाट

नेकपा-एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नेपालका लागी जापानका राजदूत मासाशी ओगावाले बधाइ ज्ञापन गरेका छन् । वामगठबन्धनले बहुमत ल्याएपछि त्यसको नेतृत्वकर्ता ओलीलाई उनकै निवास बालकोटमा आएर राजदुत ओगावाले बधाइ ज्ञापन गरेका हुन् ।

शनिवार भएको भेटमा ओलीले आफू र आफ्नो गठबन्धन संविधान र कानुनको परिधिमा रहेर काम गर्ने बताए ।

आफूले भ्रष्टाचार न्यूनीकरण, विकास, समृद्धि, पारदर्शिता जस्ता कुराहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

ओलीले भने ‘हामी लोकतन्त्रका आधारभुत मूल्य मान्यता स्थापित गर्ने कुरामा प्रतिवद्ध छौं ।’ ओलीले आगामी सरकार असमानता, गरिबी, सामाजिक विभेद जस्ता नेपाली समाजका वेथितीहरु हटाउन प्रयासरत रहने बताए ।

जापानबाट आफूले सदाजस्तै विकास निर्माण,सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगहको अपेक्षा गरेको ओलीले बताए । उनले भने ‘हामी सबै अन्तराष्ट्रिय छिमेकीको साथ सहयोग लिएर अघि बढ्न तयार छौं । ‘

राजदूत ओगावाले नेपालमा अब स्थायी सरकार निर्माण हुने अपेक्षा आफूले गरेको बताए । उनले नेपालको विकास निर्माणमा जापानले विगत देखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago