६ लेन सडक निमार्ण कार्य सुस्त गतिमा

महत्वकांक्षी योजनाको रुपमा काम अगाडि बढाइएको बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको काम सुस्त गतिमा अगाडी बढ्दा समयमै काम सम्पन्न नहुने भएको छ । विभिन्न कारण देखाउँदै ठेक्केदार कम्पनीले काममा ढिलाई गर्दा परियोजनाको कामले गति लिन नसकेको हो ।

बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार गर्ने परियोजना अनुसार अहिले ६ लेनको बनाउने काम भइरहेको छ । विभिन्न प्याकेजमा काम भइरहे पनि सुस्त गतिमा काम हुँदा अहिलेसम्म ३२ प्रतिशत मात्र काम सकिएको छ । २०७० साल असारबाट कोशी राजमार्ग अन्तर्गत बिराटनगरको रानीदेखि धरान सडकखण्डको कुल ४९ किलोमिटर दुई लेनको सडकलाई ६ लेनको बनाउने परियोजना सुरु भएको थियो ।

रानी बिराटनगर–इटहरी–धरान सडकखण्ड व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ सम्ममा बिराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको सडक ६ लेनको बनाई सक्नु पर्ने भएपनि सडक विभागले यस कार्यलाई खासै महत्व नदिँदा सडक निर्माणको काममा समेत ढिलाई हुँदै आएको छ । बजेट अभावले समयसमयमा राेकिन्छ काम

बजेट समयमा नआउँदा काम सुरु भइसकेको बिराटनगर–इटहरी सडकको काम रोकिने गरेको छ । नेपाल को राजनीतिक अस्थिरता को कारण ले देश मा भय का गौरब का आयोजना हरु धेरै ढिला सुस्ती हुनेगर्छ तेस्मधे यो आयोजना नि परेकोछ l

सरकारले बिराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलोमिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्ब ५८ करोडमा ठेक्का लगाएको थियो । बिराटनगरदेखि धरानसम्मको कुल ४९ किलोमिटर सडक आर्थिक वर्ष २०७५/०७६ सम्ममा सक्ने गरी ठेक्का लगाइएको हो ।

बहुवर्षीय परियोजनाअन्तर्गत पहिलो चरणमा बिराटनगरको रानीदेखि इटहरीसम्मको कुल ३० किलोमिटर सडक विस्तारको काम अहिले भइरहेको छ । यो सडक विस्तारका लागि ५ अर्ब ४ करोडमा ठेक्का लागेको थियो । यद्यपि, गएको भदौ महिनादेखि धेरै स्थानमा काम रोकिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago