फाइनल प्रवेशको लागि भोलि नेपालले मलेसियाको सामना गर्दै

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित थाइल्याण्ड प्रस्थान गरेको नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा शनिबार विहान हुने खेलमा नेपाल जित हात पार्दै फाइनलमा प्रवेश गर्ने दाउमा छ । नेपाली टिम प्रतियोगिताकै बलियो टिम गनिन्छ । डिफेन्डिङ च्याम्पियन नेपालले जारी प्रतियोगितामा कुनै पनि खेल हारेको छैन ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो । समूह चरणको आफ्नो अन्तिम तथा तेस्रो खेलमा थाइल्याण्डलाई ३३७ रनले पराजित गर्दै नेपाल सेमिफाइनल पुगेको हो ।

थाइल्याण्डलाई पराजित गर्ने क्रममा नेपालका कप्तान रित गौतमले शतक प्रहार गरेका थिए । निर्धारित ३५ ओभरमा ३५० रनको विशाल योगफल तयार पारेको नेपालका लागि रितले नटआउट १०६ रन बनाएका थिए । त्यस्तै नेपालका अन्य दुई खेलाडीले अर्धशतक प्रहार गरेका थिए । नेपालका तृतराज दासले ६४ र प्रतिश जिसीले नटआउट ६३ रन बनाएका थिए ।

यता, मलेसिया भने समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाले आफ्नो तीन खेलमा दुईमा जित र एक खेलमा हार ब्यहोर्दै सेमिफाइनल प्रवेश गरेको हो । मलेसियाले भुटानलाई १७१ रनले र चीनलाई ४ विकेटले पराजित गरेको थियो भने सिंगापुरसँग भने २९ रनले पराजित भएको थियो ।
दोस्रो सेमिफाइनलमा शनिबार नै हङकङले सिंगापुरको सामना गर्दै छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago