फाइनल प्रवेशको लागि भोलि नेपालले मलेसियाको सामना गर्दै

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित थाइल्याण्ड प्रस्थान गरेको नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा शनिबार विहान हुने खेलमा नेपाल जित हात पार्दै फाइनलमा प्रवेश गर्ने दाउमा छ । नेपाली टिम प्रतियोगिताकै बलियो टिम गनिन्छ । डिफेन्डिङ च्याम्पियन नेपालले जारी प्रतियोगितामा कुनै पनि खेल हारेको छैन ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो । समूह चरणको आफ्नो अन्तिम तथा तेस्रो खेलमा थाइल्याण्डलाई ३३७ रनले पराजित गर्दै नेपाल सेमिफाइनल पुगेको हो ।

थाइल्याण्डलाई पराजित गर्ने क्रममा नेपालका कप्तान रित गौतमले शतक प्रहार गरेका थिए । निर्धारित ३५ ओभरमा ३५० रनको विशाल योगफल तयार पारेको नेपालका लागि रितले नटआउट १०६ रन बनाएका थिए । त्यस्तै नेपालका अन्य दुई खेलाडीले अर्धशतक प्रहार गरेका थिए । नेपालका तृतराज दासले ६४ र प्रतिश जिसीले नटआउट ६३ रन बनाएका थिए ।

यता, मलेसिया भने समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाले आफ्नो तीन खेलमा दुईमा जित र एक खेलमा हार ब्यहोर्दै सेमिफाइनल प्रवेश गरेको हो । मलेसियाले भुटानलाई १७१ रनले र चीनलाई ४ विकेटले पराजित गरेको थियो भने सिंगापुरसँग भने २९ रनले पराजित भएको थियो ।
दोस्रो सेमिफाइनलमा शनिबार नै हङकङले सिंगापुरको सामना गर्दै छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago