सेनाले गरेको कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी संस्थाले जनाएको छ । आइएइस लडाकूको नियन्त्रणमा रहेको एक गाउँलाई लक्ष्यगरी गरिएको यस कारबाहीमा परी मारिएका सर्वसाधारणमा आठ बालबालिका र छ महिला छन् l मारिएका ती सर्वसाधारण एकै भवनमा लुकेर बसेका संयुक्त परिवारका सदस्य रहेका थिए ।

सिरियामा आइएसले नियन्त्रण गरेको इलाकाहरुमा अमेरिका आवद्ध सुरक्षाबलले कारबाही गर्ने क्रममा सर्वसाधारणको ज्यान जाने गरेको छ । सन् २०१४ बाट सिरिया र इराकभरी अमेरिकाआवद्ध सेनाको हवाई कारबाहीमा परी ८०१ सर्वसाधारणको मृत्यु भइसकेको छ ।सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहको पनि संलग्नता बढ्दै गएको बताइन्छ । जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म चार लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी जारी द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखौँ आफ्नो देश र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago