उत्तर कोरिया ब्ल्याकमेल गर्दैछ’ अमेरिका माथि

अमेरीकी विदेश मन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँग जुन सुकै समयमा पनि बिना सर्त वार्ता गर्न सकिने बताएका छन् । परमाणु र मिसाइल कार्यक्रम नरोकेसम्म वार्ता नगरिने अडानमा रहेको अमेरीका बिना सर्त वार्ता गर्ने अवस्थामा पुग्नुलाई उत्तर कोरियामाथिको अमेरीकी नीतिमा ठूलो परिवर्तनका रुपमा हेरिएको छ । पछिल्लो समयमा अमेरीका र उत्तर कोरियाबीच दुई कुरा भएका छन् । उत्तर कोरियाले परमाणु र मिसाइल कार्यक्रमलाई पूर्ण रुपमा बन्द गर्नु पर्ने पहिलो कूटनीतिक प्रयासको एकमात्र उदेश्य हुने गर्दथ्यो ।

तर अहिले उत्तर कोरियाको हतियार कार्यक्रम वैज्ञानिक र प्राविधिक रुपले गत एक वर्षमा अन्यन्तै विकसित भइसकेको छ । उत्तर कोरियाको हतियार कार्यक्रम पहिलेको तुलनामा अहिले बढी दूरीसम्म र अचूक ढंगबाट मार गर्न सक्दछ । अमेरीकाको पश्चिमी तट अब उत्तर कोरियाको मारक क्षमताको रेञ्जभित्र परेको छ । ट्रम्पको आक्रामक प्रस्तुति ले अमेरीका अहिले उत्तर कोरियाबिरुद्ध आक्रमण गर्न नसक्ने अवस्थमा पुगेको छ । युद्ध सुरु गरिए उत्तर कोरिया गुआम अथवा अलास्का जस्ता अमेरीकी क्षेत्रमा प्रत्याक्रमण गर्न सक्ने सम्भावना छ । यही कारण अमेरीकालाई बाध्य भएर यथार्थ स्वीकार गर्नु परिरहेको छ ।

त्यस्तै अमेरीकामाथि दक्षिण कोरियाका तर्फबाट राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया विरुद्ध आफ्नो आक्रामक प्रस्तुति परिवर्तन गर्नु पर्ने अत्यन्तै धेरै दबाव परेको छ । अमेरीका र उत्तर कोरियाबीच युद्ध सुरु भएको आधा घण्टाभित्रै राजधानी सोलमा लाखौैं नागरिक मारिने सक्ने दक्षिण कोरियाले अनुमान गरेको छ । यदि युद्ध सुरु भए दक्षिण कोरिया आफ्ना नागरिकलाई जोगाउन नसक्ने निश्चित छ । उत्तर कोरियाले आफ्नो रेञ्जमा रहेको दक्षिण कोरियाको राजधानी सोलमा प्योंगयांगबाट कयौं मिसाइलहरु प्रहार गर्न सक्दछ । यिनै दुई कारण अमेरीकी राष्ट्रपति रेक्स टिलरसनले उत्तर कोरियासँग निःशर्त वार्ता सुरु गर्न चाहेका हुन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago