नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश समृद्धिको दिशामा अघि बढेको बताउनु भयो l माडीको बरुवामा बुधबार आयोजित विजयीसभालाई सम्बोधन गर्दै निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताउनु भयो l
देश र जनतालाई अहिले विकासको आवश्यकता छ भन्दै उनले जनतामाझ आफूले गरेका प्रतिबद्धता पूरा गरिछाड्ने बताए । आफूले निर्वाचनको समयमा माडीलाई ‘मणि’ बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता व्यक्त गरे । माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधैं प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष दाहालले उल्लेख गर्नुभयो l
माडी क्षेत्रमा नदी कटान नियन्त्रणका लागि ‘रिभर म्यानेजमेन्ट मास्टर प्लान’अन्तर्गत् काम गर्ने बताउँदै उनले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि पर्खालसहितको ‘मेसजाली’ निर्माण गर्ने बताउनुभयो l निर्वाचित भएपछि भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर–३ मा पर्ने विभिन्न वडामा घरदैलो गरी मतदातालाई धन्यवाद दिएका दाहालले बुधबार माडीका विभिन्न वडामा घरदैलो गर्दै मतदाताहरूलाई धन्यवाद दिनुभयो l
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…