मणि’ बनाउने सपना अब साकार हुन्छ दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश समृद्धिको दिशामा अघि बढेको बताउनु भयो l माडीको बरुवामा बुधबार आयोजित विजयीसभालाई सम्बोधन गर्दै निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताउनु भयो l

देश र जनतालाई अहिले विकासको आवश्यकता छ भन्दै उनले जनतामाझ आफूले गरेका प्रतिबद्धता पूरा गरिछाड्ने बताए । आफूले निर्वाचनको समयमा माडीलाई ‘मणि’ बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता व्यक्त गरे । माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधैं प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष दाहालले उल्लेख गर्नुभयो l

माडी क्षेत्रमा नदी कटान नियन्त्रणका लागि ‘रिभर म्यानेजमेन्ट मास्टर प्लान’अन्तर्गत् काम गर्ने बताउँदै उनले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि पर्खालसहितको ‘मेसजाली’ निर्माण गर्ने बताउनुभयो l निर्वाचित भएपछि भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर–३ मा पर्ने विभिन्न वडामा घरदैलो गरी मतदातालाई धन्यवाद दिएका दाहालले बुधबार माडीका विभिन्न वडामा घरदैलो गर्दै मतदाताहरूलाई धन्यवाद दिनुभयो l

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago