नमुना नेपाल निर्माण सुरु

नेपालका चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली) ले केही समय अघि मात्र अवधारणा सार्बजनिक गरेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ को प्रारम्भिक चरणको काम सुरु भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने नमुना नेपालमा परियोजनाको सर्बेको काम थालिएको हो ।

नेपाल ईन्जिनियर्स एसोसियसनले प्राबिधिक सहायता गर्ने गरि एसोसियसनका उपमहासचिव एवं जियोकम ईन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक ईन्जिनियर रबि भुषण झाको नेतृत्वमा आरआरपि सर्बे कन्सल्टस् प्रालिका प्रभास श्रेष्ठको समन्वयमा आजैबाट सर्बेको काम सुरु भएको फाउण्डेशनले जानकारी दिएको छ । नमुना नेपालका बारेमा अवधारणा प्रस्तुत गरेपछि नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ट्रोपोग्राफिकल सर्बे, डिपिआर र ईआईएको काम गर्न पत्राचार गरेको थियो । सोही अनुरुप फाउण्डेशनले नेपाल ईन्जिनियर्स एसोसियसनको प्राबिधिक सहायतामा उक्त कामको सुरुवात गरेका हुन् ।

सिताराम कट्टेल‘धुर्मुस’ ले नमुना नेपालको काम सुरु भएकोमा खुसी ब्यक्त गदैं सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरे । ‘हाम्रो लागि सहयोगी मनहरुनै सबैभन्दा ठुला हुनुहुन्छ, उहाँहरुकै कारणले हामीले गरेका सबै काम सफल भएका छन्’ धुर्मुसले भने ‘अब नमुना नेपालका लागि पनि सबैजना अभियान्ता बनेर साथ र सहयोग गरिदिनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौं ।’ नमुना नेपाल धुर्मुस सुन्तली फाउण्डेशनको सबैभन्दा ठुलो परियोजना हो । जुन ५ अर्बको लगानीमा निर्माण हुनेछ । र फाउण्डेशनले जानकारि दिए अनुसार सुरु भएको ५ बर्ष भित्रैमा उक्त परियोजना सम्पन्न गरिनेछ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago