नमुना नेपाल निर्माण सुरु

नेपालका चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली) ले केही समय अघि मात्र अवधारणा सार्बजनिक गरेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ को प्रारम्भिक चरणको काम सुरु भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने नमुना नेपालमा परियोजनाको सर्बेको काम थालिएको हो ।

नेपाल ईन्जिनियर्स एसोसियसनले प्राबिधिक सहायता गर्ने गरि एसोसियसनका उपमहासचिव एवं जियोकम ईन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक ईन्जिनियर रबि भुषण झाको नेतृत्वमा आरआरपि सर्बे कन्सल्टस् प्रालिका प्रभास श्रेष्ठको समन्वयमा आजैबाट सर्बेको काम सुरु भएको फाउण्डेशनले जानकारी दिएको छ । नमुना नेपालका बारेमा अवधारणा प्रस्तुत गरेपछि नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ट्रोपोग्राफिकल सर्बे, डिपिआर र ईआईएको काम गर्न पत्राचार गरेको थियो । सोही अनुरुप फाउण्डेशनले नेपाल ईन्जिनियर्स एसोसियसनको प्राबिधिक सहायतामा उक्त कामको सुरुवात गरेका हुन् ।

सिताराम कट्टेल‘धुर्मुस’ ले नमुना नेपालको काम सुरु भएकोमा खुसी ब्यक्त गदैं सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरे । ‘हाम्रो लागि सहयोगी मनहरुनै सबैभन्दा ठुला हुनुहुन्छ, उहाँहरुकै कारणले हामीले गरेका सबै काम सफल भएका छन्’ धुर्मुसले भने ‘अब नमुना नेपालका लागि पनि सबैजना अभियान्ता बनेर साथ र सहयोग गरिदिनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौं ।’ नमुना नेपाल धुर्मुस सुन्तली फाउण्डेशनको सबैभन्दा ठुलो परियोजना हो । जुन ५ अर्बको लगानीमा निर्माण हुनेछ । र फाउण्डेशनले जानकारि दिए अनुसार सुरु भएको ५ बर्ष भित्रैमा उक्त परियोजना सम्पन्न गरिनेछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago