केपी ओली भन्दै हुनुन्छ कांग्रेसलाई साथमा लिएर अगाडि बढ्छौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको निर्वाचन जनताको अभिमतको क्रान्ती भएको बताएका छन् । नेपालमा जनताको हक अधिकारको खोजीका लागि कहिले शसस्त्र क्रान्ती,कहिले जनआन्दोलन भए पनि यसपालीको निर्वाचनमा जनताले क्रान्तीकै शैलीमा अभिमत प्रकट गरेको ओलीले बताए ।

अध्यक्ष ओलीलाई निर्वाचनमा विजयको बधाई दिन आएको विभिन्न संघ,संस्थाका प्रतिनिधिहरुलाई बुधबार आफ्नै निवास बालकोटमा सम्बोधन गर्दै ओलीले समृद्धि र विकासका लागि जनताले यसपालीको निर्वाचनलाई अभिमत मार्फत गरेको क्रान्तीको संज्ञा दिए । वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेपनि विगतमा काँग्रेसले गरेजस्तो प्रतिपक्षीप्रति आफू क्रुर नहुने ओलीले बताए । ‘काँग्रेसले बहुमत ल्याएका बेला एमालेसंग कुरा गर्नेहरुलाई पनि झुटा मुद्धा लगाएर फसाइएको थियो ’ ओलीले भने ‘ तर हामी त्यस्तो गर्दनौं । प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्छौं । ’

चुनावका बेला प्रतिष्पर्धी भएकोले काँग्रेससँग केही घोचपेच भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ छ । अब देश निर्माणमा लाग्नु पर्ने भएकोले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको ओलीले बताए । ‘कुस्ती खेल्न मैदान गएपछि एक आपसमा मुक्का हानाहान हुन्छ । तर खेल सकिएपछि बाटामा हिडेका बेला मुक्का हानिदैन’ ओलीले भने ‘त्यसैले अब एमाले अन्य पार्टीसंग सहकार्य गरेर अघि बढ्छ । किनभने अब पाँचबर्षका लागि चुनावी प्रतिष्पर्धा सकियो ।’

आगामी सरकार क्षमताहिन मानिस थोपर्ने ठाउँ नहुने ओलीले बताए । भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतीको रुपमा अघि बढ्न निजामती कर्मचारीहरुलाई अध्यक्ष ओलीले आग्रह गरे । ‘तपाईंहरुबाट जनताले सुशासनको अपेक्षा राखेका छन्’ ओलीले भने ‘छिटो,छरितो र भ्रष्टाचारमुक्त सेवा दिएर जनतालाई सुशासनको अनुभुती दिनुहोस । ’

यसैगरी बधाइ दिन आएको च्याम्बर अफ कमर्सको टोलीलाई अध्यक्ष ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले निजी क्षेत्रको भूमिका त्यसै अनुसार हुनुपर्ने बताए । उद्योगी व्यावसायीहरुलाई ढुक्क भएर उद्योग कलकारखानमा लगानी गर्न ओलीले सुझाव दिए। ‘अब हड्ताल र बन्दको युग सकियो’ ओलीले भने ‘अब उत्पादन,विकास र समृद्धिको युग सुरु भइसक्यो ।’मेरो सरकार होइन जनता ले दियको सरकार हो जनता को मागको सम्बोधन गर्नेछौ भनु भयो |

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago