केपी ओली भन्दै हुनुन्छ कांग्रेसलाई साथमा लिएर अगाडि बढ्छौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको निर्वाचन जनताको अभिमतको क्रान्ती भएको बताएका छन् । नेपालमा जनताको हक अधिकारको खोजीका लागि कहिले शसस्त्र क्रान्ती,कहिले जनआन्दोलन भए पनि यसपालीको निर्वाचनमा जनताले क्रान्तीकै शैलीमा अभिमत प्रकट गरेको ओलीले बताए ।

अध्यक्ष ओलीलाई निर्वाचनमा विजयको बधाई दिन आएको विभिन्न संघ,संस्थाका प्रतिनिधिहरुलाई बुधबार आफ्नै निवास बालकोटमा सम्बोधन गर्दै ओलीले समृद्धि र विकासका लागि जनताले यसपालीको निर्वाचनलाई अभिमत मार्फत गरेको क्रान्तीको संज्ञा दिए । वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेपनि विगतमा काँग्रेसले गरेजस्तो प्रतिपक्षीप्रति आफू क्रुर नहुने ओलीले बताए । ‘काँग्रेसले बहुमत ल्याएका बेला एमालेसंग कुरा गर्नेहरुलाई पनि झुटा मुद्धा लगाएर फसाइएको थियो ’ ओलीले भने ‘ तर हामी त्यस्तो गर्दनौं । प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्छौं । ’

चुनावका बेला प्रतिष्पर्धी भएकोले काँग्रेससँग केही घोचपेच भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ छ । अब देश निर्माणमा लाग्नु पर्ने भएकोले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको ओलीले बताए । ‘कुस्ती खेल्न मैदान गएपछि एक आपसमा मुक्का हानाहान हुन्छ । तर खेल सकिएपछि बाटामा हिडेका बेला मुक्का हानिदैन’ ओलीले भने ‘त्यसैले अब एमाले अन्य पार्टीसंग सहकार्य गरेर अघि बढ्छ । किनभने अब पाँचबर्षका लागि चुनावी प्रतिष्पर्धा सकियो ।’

आगामी सरकार क्षमताहिन मानिस थोपर्ने ठाउँ नहुने ओलीले बताए । भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतीको रुपमा अघि बढ्न निजामती कर्मचारीहरुलाई अध्यक्ष ओलीले आग्रह गरे । ‘तपाईंहरुबाट जनताले सुशासनको अपेक्षा राखेका छन्’ ओलीले भने ‘छिटो,छरितो र भ्रष्टाचारमुक्त सेवा दिएर जनतालाई सुशासनको अनुभुती दिनुहोस । ’

यसैगरी बधाइ दिन आएको च्याम्बर अफ कमर्सको टोलीलाई अध्यक्ष ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले निजी क्षेत्रको भूमिका त्यसै अनुसार हुनुपर्ने बताए । उद्योगी व्यावसायीहरुलाई ढुक्क भएर उद्योग कलकारखानमा लगानी गर्न ओलीले सुझाव दिए। ‘अब हड्ताल र बन्दको युग सकियो’ ओलीले भने ‘अब उत्पादन,विकास र समृद्धिको युग सुरु भइसक्यो ।’मेरो सरकार होइन जनता ले दियको सरकार हो जनता को मागको सम्बोधन गर्नेछौ भनु भयो |

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago