प्रचण्डको ज्वाइँ पराजित बुहारीले चुनाव जित्दै

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी विना मगर कञ्चनपुरबाट जित नजिक पुगिरहेका बेला मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’बाट भने छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् ।कञ्चनपुर क्षेत्रनम्बर १ बाट प्रचण्डकी बुहारी विना मगर १६ हजार ४५४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका दिवान सिंह विष्टले ९ हजार ८८ मतसहित पछ्याइरहेका छन् ।
तर, मोरङको प्रदेशसभा तर्फ क्षेत्रनम्बर ६ (क) मा प्रचण्डको छोरी ज्वाइँ जीवन आचार्य कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतअन्तरले पराजित भएका छन् । तबदार २३ हजार ५१३ मतसहित निर्वाचित भए । आचार्यको पक्षमा २१ हजार ४७० मत परेको छ ।

प्रदेशसभा ‘ख’मा पनि कांग्रेसकै उम्मेदवार केदार कार्की ११ हजार २९८ मतसहित निर्वाचित भएका छन् । कार्कीका निकटतम प्रतिस्पर्धी एमालेका रमेश प्रसाद पोखरेलले ८ हजार १२० मत पाए ।मोरङ क्षेत्रनम्बर २ को प्रतिनिधिसभामा भने वाम गठबन्धनका साझा उम्मेदवार एमालेका लालबाबु पण्डितले कांग्रेसका डा. शेखर कोइरालालाई हराएका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago