पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा मधेसवादी गठबन्धनका जन्नत अन्सारी विजयी

पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा मधेसवादी गठबन्धनका जन्नत अन्सारी विजयी भएका छन् । जन्नतको जीतसँगै पर्सामा मधेसवादी गठबन्धनले जीतको खाता खोलेको छ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवार अन्सारी १ हजार ३ सय २२ मतले आफ्नो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई पराजित गरेका छन् ।अन्सारीले ८ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीले ७ हजार १ सय ७१ मत ल्याएका छन् भने बाम गठबन्धनका रह्बर अन्सारीले ६ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।

पर्साका चार ओटै निर्वाचन क्षेत्रको मतगणना वीरगंजको श्रीपुर विद्यापिठ उच्चमावि परिसरमा भइरहेको छ । शनिबार साँझसम्मको मतपरिणामअनुसार पर्सा क्षेत्र नम्बर १ मा मधेसी गठबन्धनका प्रदीप यादवको ८ हजार ६ सय २५ मत छ । नेपाली काङ्ग्रेसका अनिलकुमार रुङ्गटा ६ हजार ६ सय २ मतसहित यादवलाई पछ्याइरहेका छन् । २ नम्बर क्षेत्रमा नेपाली काङ्ग्रेसका अजयकुमार द्विवेदी मधेसी गठबन्धनका विमल श्रीवास्तवभन्दा झिनो मतान्तरले अगाडि छन् ।यसैबीच विगत मधेस आन्दोलनको केन्द्रबिन्दु वीरगंजमा मधेसी गठबन्धन र नेपाली काङ्ग्रेसका उम्मेदवारहरूको मतपरिणाम रोचक प्रतिस्पर्धात्मक देखिएको छ ।

क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनका उम्मेदवार हरिनारायण रौनियारले अग्रता लिएका छन् । उनी ४ हजार ३ सय २७ मतसहित पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ३ हजार ६ सय २२ मतसहित रौनियारलाई पछ्याइरहेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago