पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा मधेसवादी गठबन्धनका जन्नत अन्सारी विजयी भएका छन् । जन्नतको जीतसँगै पर्सामा मधेसवादी गठबन्धनले जीतको खाता खोलेको छ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवार अन्सारी १ हजार ३ सय २२ मतले आफ्नो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई पराजित गरेका छन् ।अन्सारीले ८ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीले ७ हजार १ सय ७१ मत ल्याएका छन् भने बाम गठबन्धनका रह्बर अन्सारीले ६ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।
पर्साका चार ओटै निर्वाचन क्षेत्रको मतगणना वीरगंजको श्रीपुर विद्यापिठ उच्चमावि परिसरमा भइरहेको छ । शनिबार साँझसम्मको मतपरिणामअनुसार पर्सा क्षेत्र नम्बर १ मा मधेसी गठबन्धनका प्रदीप यादवको ८ हजार ६ सय २५ मत छ । नेपाली काङ्ग्रेसका अनिलकुमार रुङ्गटा ६ हजार ६ सय २ मतसहित यादवलाई पछ्याइरहेका छन् । २ नम्बर क्षेत्रमा नेपाली काङ्ग्रेसका अजयकुमार द्विवेदी मधेसी गठबन्धनका विमल श्रीवास्तवभन्दा झिनो मतान्तरले अगाडि छन् ।यसैबीच विगत मधेस आन्दोलनको केन्द्रबिन्दु वीरगंजमा मधेसी गठबन्धन र नेपाली काङ्ग्रेसका उम्मेदवारहरूको मतपरिणाम रोचक प्रतिस्पर्धात्मक देखिएको छ ।
क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनका उम्मेदवार हरिनारायण रौनियारले अग्रता लिएका छन् । उनी ४ हजार ३ सय २७ मतसहित पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ३ हजार ६ सय २२ मतसहित रौनियारलाई पछ्याइरहेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…