लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी

लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन् । उनी ८ हजार सय ४ सय ३४ मतान्तरले विजयी भएका हुन् । उनले ३९ हजार ४ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३४ मत प्राप्त गरे यस्तै लम्जुङको प्रदेश सभा ‘क’ मा पनि एमाले उम्मेदवार धनञ्जय दवाडी विजयी भएका छन् । उनी २० हजार २ सय ४४ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका गर्ज बहादुर गुरुङले १३ हजार ८ सय ४३ मत प्राप्त गरे ।

लमजुङको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । उनी ८ हजार ६६ मतान्तरले विजयी भएका हुन् ।
गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत पाएका छन् पृथ्वीसुब्बा गुरुङलाई प्रदेश नम्बर ४ को सम्भावित मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ । उनी नेकपा एमालेका केन्द्रीय सचिव समेत हुन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago