लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन् । उनी ८ हजार सय ४ सय ३४ मतान्तरले विजयी भएका हुन् । उनले ३९ हजार ४ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३४ मत प्राप्त गरे यस्तै लम्जुङको प्रदेश सभा ‘क’ मा पनि एमाले उम्मेदवार धनञ्जय दवाडी विजयी भएका छन् । उनी २० हजार २ सय ४४ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका गर्ज बहादुर गुरुङले १३ हजार ८ सय ४३ मत प्राप्त गरे ।
लमजुङको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । उनी ८ हजार ६६ मतान्तरले विजयी भएका हुन् ।
गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत पाएका छन् पृथ्वीसुब्बा गुरुङलाई प्रदेश नम्बर ४ को सम्भावित मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ । उनी नेकपा एमालेका केन्द्रीय सचिव समेत हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…