वाम गठबन्धनले एमाले र माओवादीका धेरै नेताहरुलाई चुनावी परिणाममा राहत दिएको छ ।यस्तै राहत पाउनेमा एमालेका कृष्णगोपाल श्रेष्ठ पनि एक हुन्।किनकी लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी भएका छन्।उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराए ।
कृष्णगोपालले २२ हजार ८५२ मत पाउँदै विजयी हुँदा ध्यानगोविन्दले १४ हजार ८०२ मत पाएका छन् । कृष्णगोपाल र ध्यानगोविन्द चिरपरिचित प्रतिस्पर्धी हुन् । उनीहरुबीच काठमाडौं क्षेत्रनम्बर ७ मा ०५१ को चुनावमा भिडन्त भएको थियो जसमा कृष्णगोपालले बाजी मारेका थिए । तर ०५६ को चुनावमा कृष्णगोपाल ७ नम्बर क्षेत्रबाटै तिर्थराम डंगोलसँग पराजित भए । त्यसपछिका लगातार तीनवटा चुनावको परिणाम पनि कृष्णगोपालको पक्षमा आएन ।
०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभा चुनावमा कांग्रेसका ध्यानगोविन्दले कृष्णगोपालसँग बदला लिए । त्यतिमात्रै होइन काठमाडौं क्षेत्रनम्बर २ मा भएको उपचुनावमा पनि कृष्णगोपाल हारेका थिए । दुई स्थानबाट विजयी एमाले नेता माधव नेपालले काठमाडौं २ छाडेपछि भएको उपचुनावमा कृष्णगोपाल उम्मेदवार थिए । उपचुनावमा उनी कांग्रेसका दिपक कुइँकेलसँग पराजित भएका थिए । तर संविधान जारी भएपछि नेपालमा पहिलोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा भने कृष्णगोपालले जित निकाल्न सफल भएका छन्
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…