वाम गठबन्धनले एमाले र माओवादीका धेरै नेताहरुलाई चुनावी परिणाममा राहत दिएको छ ।यस्तै राहत पाउनेमा एमालेका कृष्णगोपाल श्रेष्ठ पनि एक हुन्।किनकी लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी भएका छन्।उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराए ।
कृष्णगोपालले २२ हजार ८५२ मत पाउँदै विजयी हुँदा ध्यानगोविन्दले १४ हजार ८०२ मत पाएका छन् । कृष्णगोपाल र ध्यानगोविन्द चिरपरिचित प्रतिस्पर्धी हुन् । उनीहरुबीच काठमाडौं क्षेत्रनम्बर ७ मा ०५१ को चुनावमा भिडन्त भएको थियो जसमा कृष्णगोपालले बाजी मारेका थिए । तर ०५६ को चुनावमा कृष्णगोपाल ७ नम्बर क्षेत्रबाटै तिर्थराम डंगोलसँग पराजित भए । त्यसपछिका लगातार तीनवटा चुनावको परिणाम पनि कृष्णगोपालको पक्षमा आएन ।
०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभा चुनावमा कांग्रेसका ध्यानगोविन्दले कृष्णगोपालसँग बदला लिए । त्यतिमात्रै होइन काठमाडौं क्षेत्रनम्बर २ मा भएको उपचुनावमा पनि कृष्णगोपाल हारेका थिए । दुई स्थानबाट विजयी एमाले नेता माधव नेपालले काठमाडौं २ छाडेपछि भएको उपचुनावमा कृष्णगोपाल उम्मेदवार थिए । उपचुनावमा उनी कांग्रेसका दिपक कुइँकेलसँग पराजित भएका थिए । तर संविधान जारी भएपछि नेपालमा पहिलोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा भने कृष्णगोपालले जित निकाल्न सफल भएका छन्
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…