सिन्धुपाल्चोकबाट चुनावी प्रतिस्पर्धा अन्तिम भएको बताउँदै आएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा पराजित बन्न पुगेका छन् । आफ्नो अन्तिम चुनावी लडाईँ सुखद बनाउने उनको चाहना थियो । तर, उनको यो चाहना पूरा हुन सकेछ ।
वाम गठबन्धनका एमाले उम्मेदवार शेरबहादुर तामाङसँग राणा पराजित बन्न पुगेका छन् । शनिबार बिहान घोषित मत परिणामअनुसार सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राणा तामाङसँग ८०३२ मतले पराजित भए ।
तामाङले ३८ हजार ४०१ मत ल्याए भने राणाले ३० हजार ३६९ मत ल्याए । सिन्धुपाल्चोकका लागि आफूले धेरै गरेको राणाले दाबी गर्दै आएका छन् । यल्पी उनी पछिल्ला दुई चुनावमा सिन्धुपाल्चोकबाटै पराजित बनेका थिए । यो उनको हारमा ह्याट्रिक हो ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…