नयाँ शक्ति पार्टी का सयोंजक एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवको निर्वाचनले विकास र आर्थिक समृद्धिको बाटो प्रशस्त गरिदिने बताउनुभएको छ । चुनावी गठबन्धनसहितका नेता कार्यकर्तासगँ भरतपुरमा भएको भेटघाटमा उहाँले यस्तो बताउनुभएको थियो । अहिलेको निर्वाचन सविधांनको मर्म र चरित्रलाई जोगाएर देशलाई सुशासनसहितको समृद्धिमा लाने कि नलाने भन्ने मुद्धा भएको बताउनुभयो ।
जनताको सहभागीताको उच्चतम् विधि लोकतन्त्र भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रको रुप भने फरक फरक हुने बताउनुभयो । त्यो लोकतन्त्र अग्रगामी, प्रगतिशिल र जनपक्षीय हुनुपर्नेमा जोड दिदै लोकतन्त्रको जगमा टेकर गलत क्रियाकलाप गर्न दिन नहुने बताउनुभएको छ ।
अहिलेको बाम गठबन्धन स्वार्थमा केन्द्रित रहेको आरोप समेत लगाउनुभयो । कार्यक्रममा नयाँशक्ति पार्टी नेपालकी नेतृ करिश्मा मानन्धर, नेपाली काङग्रेसका पुर्व जिल्ला सभापति, टेक प्रसाद गुरुङ, निर्वतमान सासंद रामकृष्ण घिमिरे लगायत केन्द्रिय एवम् जिल्ला स्तरका पार्टीका नेता कार्यकर्ताको सहभागीता थियो ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…