दिपक मनाङ्गे मनाङको प्रदेश (ख) बाट निर्वाचित

दीपक मनाङे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् ।

मनाङ प्रदेश (ख) मा माथिल्लो मनाङको ७ गाविस मिलेर बनेको नेस्याङ गाउँपालिका साथै नार र फू गाविस मिलेर बनेको नारफू गाउँपालिका पर्छ । कूल ३ हजार ७ सय २ मतदाता रहेको मनाङ ९ख० मा २ हजार ४ सय ३६ मत खसेको थियो । एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् । जिल्लाबाट एमालेले राजीवलाई सर्वसम्मत सिफारिस गरेपनि उनको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङभन्दा एमालेका पोल्देन छोपाङ गुरुङ अगाडि छन् । पोल्देनले १ हजार ६ सय १३ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङले १ हजार १ सय ४२ मत ल्याएका छन् । उनीहरुको मतगणना भइरहेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago