प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत चितवनमा करिव ७० प्रतिशत मत खस्यो,

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत आज चितवनमा करिव ७० प्रतिशत मत खसेको छ ।मूख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले करिव ७० प्रतिशत मत खसेको जानकारी दिनुभयो । “सबै विवरण आउने क्रम जारी छ, लगभग ७० प्रतिशतको हाराहारीमा मत खसेको देखिन्छ”–मूख्य निर्वाचन अधिकृत शर्माले भन्नुभयो । बिहान ७ बजेदेखि जिल्लाको ४०८ वटै मतदान केन्द्रमा मतदान भएको थियो । अहिले मतपेटिकाहरु मतगणनास्थल चितवन उच्च मावि भरतपुरमा ल्याउने क्रममा सुरु भईसकेको मूख्य निर्वाचत अधिकृत शर्माले जानकारी दिनुभयो ।
आज चितवनमा उत्साहजनक माहोल देखिएको थियो । जिल्लामा तीन वटा निर्वाचन क्षेत्रका १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र छन् । चितवनमा ३ लाख ५४ हजार ३६ मतदाता रहेको थियो। चितवनको ९ सिटका लागि ९५ जनाको उम्मेदवारी छ।

चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका १४ को राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रबाट बिहान मतदान गर्नुभएको थियो वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले भरतपुर २७ को जानकी मावि मेघौली र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिकास्थित भण्डारा हेल्थपोस्‍टको मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago