काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्रको मतगणना आज नहुने

भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत रमेश पोखरेलले जानकारी दिए ।मतदान केन्द्रबाट सबै मतपेटिका संकलन गरी गणनास्थलमा पुर्‍याउने, सर्वदलीय बैठक बसेर सहमति जुटाउने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आजबाट मतगणना नहुने पोखरेलले बताए ।

c । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ ।त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुनेछ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुनेछ ।निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं. ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago