निर्वाचन आयोगले आज मतदान भएका अधिकांश जिल्लाको मतगणना शुक्रबारबाट मात्र सुरु हुने जनाएको छ । मंसिर १० गते पहिलो चरणको मतगणना भने आजै साँझबाट मतगणना सुरु हुने छ ।

आयोगका अनुसार निर्वाचन क्षेत्रका सबै मतपेटिका गणनास्थलमा आइसकेमा र राजनीतिक सहमति जुटेमा भने आजै मतगणना सुरु हुनेछ ।आयोगले यसपटक प्रत्यक्षतर्फको ४ दिनभित्र र समानुपातिकको मतगणना आठ दिनभित्र सक्ने लक्ष्य लिएको छ । यसका लागि प्राविधिक र व्यवस्थापकीय तयारी गरिएको तर राजनीतिक सहमति र सहयोग आवश्यक पर्ने प्रवक्ता ढकालले बताए ।

आयोगले गणनाका क्रममा मतदाताहरुको मतको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको रहेको बताएको छ । अधिकांश गणनास्थलमा सीसीटिभी राख्नुका साथै तारजालीले बारिएको छ ।केही जिल्लाका निर्वाचनका अधिकृतहरुले भने सीसीटीभी आवश्यक नपर्ने आयोगमा जानकारी गराएको प्रवक्ता ढकालले बताए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago