पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने ..

पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ । मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मतदान सकिएको ११ दिन पछि मतगणना गर्न लागिएको हो ।

पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक सकेर मतगणना शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको छ ।

दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरि मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् । पहिलो चरणमा मतदान भएका हिमाली जिल्लाहरु मध्य मनाङ र मुस्ताङको मत परिणाम छिटो आउने अपेक्षा गरिएको छ । ति दुई जिल्लामा मतदाताको संख्या न्युन छ ।मनाङमा ५ हजार ८८० र मुस्ताङमा ९ हजार ४२७ मतदाता रहेका छन् । मनाङ र मुस्ताङमा प्रतिनिधी तथा प्रदेश सभाका मतपत्रमा दुई वटा मात्रै चुनाव चिन्ह रहेकोले गणना छिटो सकिने छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago