नागरिकता र लाइसेन्सले पनि मत दिन पाइने

मतदाता नामावलीमा नाम छ तर प्राविधिक कारणले तपाईँसँग परिचयपत्र छैन भने मत दिने अरु विकल्प पनि हुन् सक्छन्। नामावली भएपछि परिचयपत्र नभएकै कारण तपाईँ मत दिनबाट बञ्चित हुनु पर्दैन।

निर्वाचन आयोगले यसअघिको दोस्रो संविधानसभा र हालैको पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा चुनाव र स्थानीय तह निर्वाचनमा पनि यी विकल्प मतदातालाई दिएको थियो।अहिले पनि आयोगले सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ। मतदाता परिचयपत्र सबैको हातमा पुर्‍याउन र प्राविधिक कारणले मतदाताले बुझ्न नसकेको अवस्थामा यो विकल्प आयोगले दिएको हो। यस्तै परिचयपत्रमा विवरण फरक परेको अवस्थामा पनि विकल्प प्रयोग गरी मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको हो।

आयोगले नेपाल सरकारका निकायबाट जारी भएका प्रमाणपत्र, नागरिकता, सवारी चालक अनुमति पत्र, २०७० सालमा आयोगले जारी गरेको मतदाता परिचयपत्र, राहदानी, जग्गा धनी प्रमाणपत्र तथा अन्य सरकारी निकायबाट जारी भएका फोटोसहितका परिचयपत्र हुनेले मतदान गर्न पाउने व्यवस्था गरेको हो।परिचयपत्रमा सानोतिनो भूलचुक भएमा नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था यसअघि आयोगले मिलाएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago