नागरिकता र लाइसेन्सले पनि मत दिन पाइने

मतदाता नामावलीमा नाम छ तर प्राविधिक कारणले तपाईँसँग परिचयपत्र छैन भने मत दिने अरु विकल्प पनि हुन् सक्छन्। नामावली भएपछि परिचयपत्र नभएकै कारण तपाईँ मत दिनबाट बञ्चित हुनु पर्दैन।

निर्वाचन आयोगले यसअघिको दोस्रो संविधानसभा र हालैको पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा चुनाव र स्थानीय तह निर्वाचनमा पनि यी विकल्प मतदातालाई दिएको थियो।अहिले पनि आयोगले सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ। मतदाता परिचयपत्र सबैको हातमा पुर्‍याउन र प्राविधिक कारणले मतदाताले बुझ्न नसकेको अवस्थामा यो विकल्प आयोगले दिएको हो। यस्तै परिचयपत्रमा विवरण फरक परेको अवस्थामा पनि विकल्प प्रयोग गरी मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको हो।

आयोगले नेपाल सरकारका निकायबाट जारी भएका प्रमाणपत्र, नागरिकता, सवारी चालक अनुमति पत्र, २०७० सालमा आयोगले जारी गरेको मतदाता परिचयपत्र, राहदानी, जग्गा धनी प्रमाणपत्र तथा अन्य सरकारी निकायबाट जारी भएका फोटोसहितका परिचयपत्र हुनेले मतदान गर्न पाउने व्यवस्था गरेको हो।परिचयपत्रमा सानोतिनो भूलचुक भएमा नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था यसअघि आयोगले मिलाएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago