लिःल फङ घले समाज यूएईको अध्यक्षमा पुनः नरबहादुर घले

युएई । जातीय पहिचान र सामाजिक क्रियाकलापमा अग्रणी युएईको जातीय संस्था लिःल फङ घले समाज यूएईको अध्यक्षमा पुनः नरबहादुर घले चयन भएका छन् । समाजको दोस्रो वार्षिक उत्सवले घलेलाई दोस्रो कार्यकाल २०१७-१९ कालागि पुनः निरन्तरता दिएको हो ।नेपाली समुदायमा परिचित सामाजिक व्यक्तित्व घले  धादिङ जिल्लाको फुलखर्कमा स्थायी बासिन्दा हुन् ।

गत नोभेम्बरको अन्तिम साता आयोजित एक कार्यक्रमले वरिष्ठ उपाध्यक्षमा निशान पैलाङ घलेलाई सर्वसम्मत चयन गरेको छ । त्यसरी नै भाषिक उपाध्यक्षमा मनकुमारी ग्याल्दङ घले रहेकी छिन् । अर्का उपाध्यक्षमा रामबहादुर सामरी घले चयन भएका छन् । महासचिवमा रणबहादुर डाङे घलेलाई जिम्मेवारी दिइएको छ ।

कोषाध्यक्षमा हरि डाङे घले, सचिवमा राजु पैलाङ, सहकोषाध्यक्षमा दया डाङे घले सर्वसम्मत चयन भएका छन् । सहसचिवमा पंकज रिल्दी घले रहेका छन् भने सहसचिवमै टंक पैलाङ घले रहेका छन्

कार्य समितिका सदस्यहरुमा सीमा घले, मीनबहादुर सामरी घले, बुद्धिमान ग्याल्दाङ घले, राज ग्याल्दाङ घले, भक्त डाङे घले, रामचन्ऽ सामरी घले, मानबहादुर सामरी घले, मानबहादुर पैलाङ घले, श्याम डाङे घले, मनबहादुर सामरी घले, स्मृति पैलाङ घले, प्रमिला घले, धनबहादुर घले रहेका छन् ।

समाजको सल्लाहकार परिषदको प्रमुखमा सल्लाहकारमा गोपी घले रहेका छन् भने विशेष सल्लाहकार खुशीराम डाङे घले रहेका छन् ।आफ्नो जातीय उत्थान पहिचान संस्कृतिको लागि यस समाजले १७ लाख ६५ हजार ७ सय ६२ रुपैयाँको आर्थिक कारोबार गरेको छ ।लिःल फङ घले समाजका महासचिव रणबहादुर डाँगे घलेले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने । प्रमुख अतिथिमा शेर्पा किदुग युएई अबुधाबी क्षेत्रीय संयोजक निमा शेर्पा र विशेष अतिथिमा नेपालबाट आएका कलाकार घलेनायक वीरबल घले रहेका थिए ।दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ कार्यक्रममा आएका सम्पूर्ण कलाकारहरुको उपस्थिति रहेकोे उक्त कार्यक्रमलाई मनोरञ्जनात्मक तथा भब्य बनाउनको लगि  लिःल फङ घले समाज र नमस्ते ट्राभलले संयुक्तमा धौ पार्टी र विशेष रात्रीभोजको ब्यवस्था गरिएको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago