लिःल फङ घले समाज यूएईको अध्यक्षमा पुनः नरबहादुर घले

युएई । जातीय पहिचान र सामाजिक क्रियाकलापमा अग्रणी युएईको जातीय संस्था लिःल फङ घले समाज यूएईको अध्यक्षमा पुनः नरबहादुर घले चयन भएका छन् । समाजको दोस्रो वार्षिक उत्सवले घलेलाई दोस्रो कार्यकाल २०१७-१९ कालागि पुनः निरन्तरता दिएको हो ।नेपाली समुदायमा परिचित सामाजिक व्यक्तित्व घले  धादिङ जिल्लाको फुलखर्कमा स्थायी बासिन्दा हुन् ।

गत नोभेम्बरको अन्तिम साता आयोजित एक कार्यक्रमले वरिष्ठ उपाध्यक्षमा निशान पैलाङ घलेलाई सर्वसम्मत चयन गरेको छ । त्यसरी नै भाषिक उपाध्यक्षमा मनकुमारी ग्याल्दङ घले रहेकी छिन् । अर्का उपाध्यक्षमा रामबहादुर सामरी घले चयन भएका छन् । महासचिवमा रणबहादुर डाङे घलेलाई जिम्मेवारी दिइएको छ ।

कोषाध्यक्षमा हरि डाङे घले, सचिवमा राजु पैलाङ, सहकोषाध्यक्षमा दया डाङे घले सर्वसम्मत चयन भएका छन् । सहसचिवमा पंकज रिल्दी घले रहेका छन् भने सहसचिवमै टंक पैलाङ घले रहेका छन्

कार्य समितिका सदस्यहरुमा सीमा घले, मीनबहादुर सामरी घले, बुद्धिमान ग्याल्दाङ घले, राज ग्याल्दाङ घले, भक्त डाङे घले, रामचन्ऽ सामरी घले, मानबहादुर सामरी घले, मानबहादुर पैलाङ घले, श्याम डाङे घले, मनबहादुर सामरी घले, स्मृति पैलाङ घले, प्रमिला घले, धनबहादुर घले रहेका छन् ।

समाजको सल्लाहकार परिषदको प्रमुखमा सल्लाहकारमा गोपी घले रहेका छन् भने विशेष सल्लाहकार खुशीराम डाङे घले रहेका छन् ।आफ्नो जातीय उत्थान पहिचान संस्कृतिको लागि यस समाजले १७ लाख ६५ हजार ७ सय ६२ रुपैयाँको आर्थिक कारोबार गरेको छ ।लिःल फङ घले समाजका महासचिव रणबहादुर डाँगे घलेले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने । प्रमुख अतिथिमा शेर्पा किदुग युएई अबुधाबी क्षेत्रीय संयोजक निमा शेर्पा र विशेष अतिथिमा नेपालबाट आएका कलाकार घलेनायक वीरबल घले रहेका थिए ।दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ कार्यक्रममा आएका सम्पूर्ण कलाकारहरुको उपस्थिति रहेकोे उक्त कार्यक्रमलाई मनोरञ्जनात्मक तथा भब्य बनाउनको लगि  लिःल फङ घले समाज र नमस्ते ट्राभलले संयुक्तमा धौ पार्टी र विशेष रात्रीभोजको ब्यवस्था गरिएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago