फेसबुक, मोबाइलका कारण गर्दा बालविवाह समस्या बढ्दै

पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् । बैतडीमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरु भाग्ने चलन बढिरहेको बालबालिकाका क्षेत्रमा काम गर्ने संघसस्थाले जनाएका छन् । अब बैतडीका किशोरीलाई १२ कक्षा नपढुञ्जेलसम्म मोबाइल बोक्न बन्देज गर्नेगरी स्थानीयस्तरमा कानून बनाउनुपर्ने युवा सञ्जाल बैतडीका सदस्य सपना रानामगरले बताए। सञ्चारका साधनले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको किशोरी रेजिना टेलरले बताइन् । उनले भनिन्, “पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन बढेको छ ।”

-अहिले जिल्लामा सबैभन्दा बढी किशोरी मोबाइलका कारण बलात्कारको शिकार हुनुपरेको छ ।

-बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोनमा फेसबुकमा कुरा गरेर भागेर भारत जाने क्रम बढेको छ ।

-बैतडीको सीमा—नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा प्रहरीले हालसम्म २४ जना किशोरकिशोरीको उद्धार गरेको छ ।

-बैतडीमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना पनि तयार पारिएको छ ।

-सन् २०३० मा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडी जिल्लालाई पनि बालविवाहमुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो ।

-बैतडीका १० वटै स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, किशोरीवृत्त, प्रतिष्ठित धामीसमूह, पत्रकारलगायत सरोकारवालाले बालविवाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेबारेमा छलफल गरी रणनीतिक कार्ययोजना तयार पारेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए ।

 

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago