नेपालको पर्यटनसम्बन्धी दक्षिण अस्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

नेपालको पर्यटन प्रवर्द्धन गर्ने र अस्ट्रेलियामा रहेका विदेशीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले दक्षिण अस्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र अवैतनिक वाणिज्य दूतावासको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी जानकारी दिइनुका साथै नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश दिइएको थियो । उक्त क्षेत्रमा रहेका पर्यटन व्यवसायीहरुलाई लक्षित आयोजना गरिएको कार्यक्रममा अधिकांश विदेशीहरुको सहभागिता रहेको आयोजक दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक वाणिज्यदूत दीपक धमलाले जानकारी दिए ।

कार्यक्रममा नेपालका पर्यटनमन्त्री जीतेन्द्रनारायण देव, अस्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री जोय बाटिसन, माथिल्लो सदनका प्रमुख रसल वाट्ली, अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएन उपाध्यक्ष अशोक केसीलगायत ब्यक्तिको सहभागिता थियो ।

सहभागीहरुलाई मन्त्री देवले नेपाल भ्रमणका लागि अत्यन्तै सुरक्षित रहेको जानकारी दिँदै नेपाल भ्रमणका लागि सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि सन्तोष थापाले नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा प्रस्तुति दिएका थिए ।नेपाली कलाकार आशिका राईलगायतले नेपाली कलासंस्कृति झल्कने नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
यसैगरी देवलगायतको टोलीसँग एनआरएनका प्रतिनिधिहरुले अलग्गै अन्तर्क्रिया समेत गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago