नेपालको पर्यटनसम्बन्धी दक्षिण अस्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

नेपालको पर्यटन प्रवर्द्धन गर्ने र अस्ट्रेलियामा रहेका विदेशीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले दक्षिण अस्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र अवैतनिक वाणिज्य दूतावासको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी जानकारी दिइनुका साथै नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश दिइएको थियो । उक्त क्षेत्रमा रहेका पर्यटन व्यवसायीहरुलाई लक्षित आयोजना गरिएको कार्यक्रममा अधिकांश विदेशीहरुको सहभागिता रहेको आयोजक दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक वाणिज्यदूत दीपक धमलाले जानकारी दिए ।

कार्यक्रममा नेपालका पर्यटनमन्त्री जीतेन्द्रनारायण देव, अस्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री जोय बाटिसन, माथिल्लो सदनका प्रमुख रसल वाट्ली, अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएन उपाध्यक्ष अशोक केसीलगायत ब्यक्तिको सहभागिता थियो ।

सहभागीहरुलाई मन्त्री देवले नेपाल भ्रमणका लागि अत्यन्तै सुरक्षित रहेको जानकारी दिँदै नेपाल भ्रमणका लागि सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि सन्तोष थापाले नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा प्रस्तुति दिएका थिए ।नेपाली कलाकार आशिका राईलगायतले नेपाली कलासंस्कृति झल्कने नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
यसैगरी देवलगायतको टोलीसँग एनआरएनका प्रतिनिधिहरुले अलग्गै अन्तर्क्रिया समेत गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago