जापानमा ६० प्रतिशत कामगर्न योग्य युवतीहरूले बढ्दो कार्यबोझकाबीच प्रेम सम्बन्ध स्थापित गर्न वाध्य रहेको पाइएको छ । यसले पनि जापानमा विवाह र जन्मदरमा कमी आइरहेको स्पष्ट भएको छ ।जापान टाइम्सको अनुसार ‘कोकोलोनी डट जेपी’ नामक अनलाईन डेटिङ साइटको अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो ।
जापानका महिलाहरु अहिले पुरुषसरह नै कामकाजमा व्यस्त रहन्छन् । यस्तोमा कामले उत्पन्न थकानका कारण उनीहरु डेटिङमा जानु भन्दा पनि कामपछि सोफामा लमतन्न बसेर ओपेरा सुन्न रुचाउछन् ।सर्वेक्षणको अनुसार, चार युवतीमध्ये एकजना आफ्नो दैनिक कामको थकानका कारण डेट गए पनि सुतिरहेका हुन्छन् । किनभने कार्यालय समयमा प्रेम गर्न असम्भव भएको कारण उनीहरु डेटमा जाने गर्छन ।
अर्को अनलाईन डेटिङ साइट लवली मिडिया अनुसार धेरैजसो महिलाहरुले डेट जाने परिपाटी नै त्यागिरहेका छन् । उनीहरु भन्छन यो भनेको केवल समय वर्वाद गर्नु मात्र हो । किनभने पुरुषहरु हामीहरुलाई गर्भाधारणको अन्तिम लक्ष्य बनाउँछन् जसको कारण एक आदर्श श्रीमान खोज्नको लागि मिल्ने मार्गहरू बदलिदिन्छन् । १९८० को सर्वेक्षण हेर्ने हो भने ६० प्रतिशत युवा युवतीहरु २० वर्षको उमेरमा आपसी सम्बन्धमा थिए जबकी आज यो समूह निकै कम रहेको छ । त्यसै कामको बोझ कम हुने हो भने महिलाहरु प्रेमको विषयमा सोच्ने तरिकामा परिवर्तन हुनसक्ने जापान टाइम्सले बताएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…