जापानीमा कामको व्यस्तताले युवा पुस्तामा प्रेम सम्बन्धमा कमी

जापानमा ६० प्रतिशत कामगर्न योग्य युवतीहरूले बढ्दो कार्यबोझकाबीच प्रेम सम्बन्ध स्थापित गर्न वाध्य रहेको पाइएको छ । यसले पनि जापानमा विवाह र जन्मदरमा कमी आइरहेको स्पष्ट भएको छ ।जापान टाइम्सको अनुसार ‘कोकोलोनी डट जेपी’ नामक अनलाईन डेटिङ साइटको अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो ।

जापानका महिलाहरु अहिले पुरुषसरह नै कामकाजमा व्यस्त रहन्छन् । यस्तोमा कामले उत्पन्न थकानका कारण उनीहरु डेटिङमा जानु भन्दा पनि कामपछि सोफामा लमतन्न बसेर ओपेरा सुन्न रुचाउछन् ।सर्वेक्षणको अनुसार, चार युवतीमध्ये एकजना आफ्नो दैनिक कामको थकानका कारण डेट गए पनि सुतिरहेका हुन्छन् । किनभने कार्यालय समयमा प्रेम गर्न असम्भव भएको कारण उनीहरु डेटमा जाने गर्छन ।

अर्को अनलाईन डेटिङ साइट लवली मिडिया अनुसार धेरैजसो महिलाहरुले डेट जाने परिपाटी नै त्यागिरहेका छन् । उनीहरु भन्छन यो भनेको केवल समय वर्वाद गर्नु मात्र हो । किनभने पुरुषहरु हामीहरुलाई गर्भाधारणको अन्तिम लक्ष्य बनाउँछन् जसको कारण एक आदर्श श्रीमान खोज्नको लागि मिल्ने मार्गहरू बदलिदिन्छन् । १९८० को सर्वेक्षण हेर्ने हो भने ६० प्रतिशत युवा युवतीहरु २० वर्षको उमेरमा आपसी सम्बन्धमा थिए जबकी आज यो समूह निकै कम रहेको छ । त्यसै कामको बोझ कम हुने हो भने महिलाहरु प्रेमको विषयमा सोच्ने तरिकामा परिवर्तन हुनसक्ने जापान टाइम्सले बताएको छ ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago