भरतपुर अस्पतालमा व्यवस्थित एक्सरे कक्ष नहुँदा बिरामी बोहकका व्यक्ति समेत एक्सरेबाट आउने विकिरणको सिकार बनेका छन् । एक्सरे गर्ने ठाउं साघुंरो हुंदा अनावश्यक व्यक्तिहरु पनि एक्सरे मेसिनको नजिक जानुपरेको छ । जसको विकिरण खतरनाक मानिन्छ । एक्सरे मेसिन भएको कोठामा पर्दा मात्रै लगाइएको छ । एक्सेरेको विकिरणलाइ एउटा सामान्य पर्दाले रोक्न नसक्ने उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष समेत रहेका विष्णु भुषाल वताउंछन् बिरामीले अस्पतालको गुणस्तरीयता नभएको हुनाले सम्पूर्णलाई असर परेको बताएका छन् भरतपुर अस्पतालको गुणस्तरीयतामा सरकारको ध्यानाकर्षण नभएको भन्दै अस्पतालले छिटै नै सुधार गर्नुपर्ने बिरामी कुरुवा ले बताए
विरामी र विरामीका आफन्तको व्यवस्थापन र एक्सरे सेवा गुणस्तरि बनाउन अस्पताल प्रशासनलाइ उनले आग्रह गरेका छन् । एक्सरेको विकीरणले असर गर्ने भएपनि एक्सरे गर्ने कोठामा अनावश्कयक मान्छेहरु जानेगरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीका स्विकार छ । उनले त्यो राम्रो काम नभएको वताए ।
एक्सरे मेसिन रहेको कोठाको भित्तामा लेटले शिल गरिने जानकारी दिए । यसले एक्सरेको विकिरण बाहिर जान नसक्ने उनको भनाइ छ । विकिरण क्षेत्रमा अनावश्यक व्यक्ति नजांदा राम्रो हुने उनि वताउंछन् । यद्यपि यसबारे जानकारी नभएका आवश्यक भन्दा बढि संख्यामा विरामी एवं विरामीका आफन्तहरु समेत विकिरण क्षेत्रमा जाने गरेका छन् ।
अस्पतालको संरचना उपयुक्त नहुंदा एक्सरे सेवा गुणस्तरिय नभएको पाइएको हो । एक्सरेको विकिरणले थाइराइडको क्यान्सर, बच्चा नजन्मिने जस्ता असर देखिने जानकारी दिए । लामो समयसम्म विकरण परिरहंदा मात्र असर गर्ने भन्दै उनले सिंगल विकिरणको डोजले असर नगर्ने वताए ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…