एसिया भ्रमणमा अमेरिकन रास्ट्र्पती ट्रम्प

कार्तिक १९, २०७४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली मुलुकको भ्रमणका क्रममा जापान आइपुगेका छन् । जापानसँगै उनले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको ११ दिने भ्रमण गर्ने छन् ।

प्योङयाङको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला राष्ट्रपति ट्रम्प भ्रमणमा निस्केका हुन् । समाचार संस्था रोयटर्सका अनुसार उत्तर कोरियाका विरुद्ध जापान र दक्षिण कोरियाप्रति ऐक्यबद्धता कायम गराउनु र एसियाली क्षेत्रमा अमेरिकी व्यापार प्रवद्र्धन ट्रम्प भ्रमणको मुख्य उद्देश्य हो । साथै ट्रम्पले उत्तर कोरियाविरुद्ध कडा नीति लिन चीनलाई समेत दबाब दिने अपेक्षा गरिएको छ । चीन उत्तर कोरियाको एक मात्र निकट छिमेकी राष्ट्र हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई ‘गल्फ कूटनीति’ को निरन्तरताका रूपमा लिएका छन् । सन् १९५७ मा तत्कालीन जापानी प्रधानमन्त्री नोबुसुके किसीले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति डाइट आइजेनहावरसँग गल्फ खेलेका थिए । जसलाई दोस्रो विश्वयुद्धपछि दुई देशको सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण घटना मानिन्छ । किसी जापानी प्रधानमन्त्री अबेका हजुरबुबा हुन् ।

दुई दिनको जापान बसाइपछि ट्रम्प दक्षिण कोरिया जानेछन् । जहाँ उनले सोलस्थित अमेरिकी सैन्य अखडाको पनि भ्रमण गर्ने कार्यक्रम छ । कोरियाली राष्ट्रपति मुन जे–इनसँगको वार्तापछि उनले संसद्मा समेत सम्बोधन गर्नेछन् । दुई दिनका लागि नोभेम्बर ८ मा चीन पुग्ने ट्रपले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुका साथै केही कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसपछि ट्रम्प एसिया प्रशान्त आर्थिक साझेदारी समूह (एपेक) को बैठकमा सहभागी हुन भियतनाम पुग्नेछन् । उनले हनोईको राजकीय भ्रमणसमेत गर्ने कार्यक्रम छ । त्यसपछि नोभेम्बर १३ मा फिलिपिन्सको मनिला पुग्ने ट्रम्पले दक्षिण–पूर्वी एसियाली मुलुक (आसियान) बैठकमा सहभागी हुनेछन् । उनले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेसँग पनि भेटवार्ता गर्नेछन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago