राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन सुरक्षा व्यवस्था कडा बनाउन सरकारसँग माग गरेको छ ।दोस्रो चरणको चुनाव नजिकिदै गर्दा देशका विभिन्न ठाउँमा उम्मेदवारहरुलाई नै लक्षित गरी बम विष्फोट भएको भन्दै आयोगले सुरक्षा व्यवस्था कडा बनाउन माग गरेको हो बम आक्रमणका घटनाहरूमा वृद्धि हुँदै जाँदा समेत वास्तविक दोषी पहिचान हुन नसक्नुले निर्वाचन सुरक्षामा गम्भीर चुनौति खडा भएको भन्दै आयोगले घटनाका दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन र निर्दोष व्यक्तिलाई कुनैपनि आस्थाका आधारमा जथाभावी धरपकड नगर्न आग्रह गरेको छ ।
आयोगका सचिव वेद भट्टराईले प्रकाशित गरेको विज्ञप्तिमा राज्यका सबै सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न हुने वातावरणको सुनिश्चितता गर्न माग गरिएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…