३५ करोड रुपैयाँ बराबरको सेयर जारी

शिव श्री हाइड्रोपावर लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि १४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । कम्पनीले सिन्धुपालचोकमा २२.२ मेगावाटको माथिल्लो चाकु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । आयोजना फुलपिङकटि र मारमाङ गाविसमा अवस्थित छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको निर्माण अवधि केही लम्बिएको छ । ३ वर्षभन्दा अघि गएको जुरे पहिरोको कारण पनि निर्माणमा ढिलाई भएको हो । प्रतिमेगावाट १३ करोड ६० लाख अनुमान गरिएको आयोजनाको लागत १८ करोड २० लाख पुगेको छ । यही कारण आयोजनाको उत्पादन पहिले तोकिएको मिति भन्दा ४ वर्ष ढिला हुने भएको छ ।
दुई महिना अघि आयोजनाको लगभग ८५ भौतिक पुर्वाधारको काम सकिएको छ ।

फागुनसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि त्यो सम्भावना कम देखिएको छ । कम्पनीले १ हजार १ सय मिटर पेनस्टक निर्माण गर्न र ५ सय ५० मिटर (२० प्रतिशत) टनेल निर्माण हुन बाँकी रहेकोले लगभग जेठसम्ममा निर्माण सकिने अनुमान इक्रा नेपालले गरेको छ ।
इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।
४ अर्ब रुपैयाँ निर्माण लागत लाग्ने देखिएको आयोजनाबाट प्रतिफल पाउने सम्भावना कमजोर रहेको छ । कम्पनीले आयोजना निर्माणको लागि ६६ प्रतिशत लगानी ऋणबाट जोहो गर्ने भएको हो ।

उत्पादित विद्युतको लागि प्रसारण लाइन उपलब्ध रहेको छ । आयोजनाको अवधि ३० वर्षको रहेको भएपनि लगभग कम्पनीसँग २९ वर्षको अवधि बाँकी रहेको छ ।
कम्पनीमा ७ जना संस्थागत सहित ६७ जना संस्थापक लगानीकर्ता रहेका छन् । कम्पनीमा यति ट्रेडर्स एण्ड डेभलपरको २४ प्रतिशत, बैधिक हाइड्रो इन्भेष्टमेन्टको ११ प्रतिशत, ग्राण्डे होल्डिङ्सको ८ प्रतिशत, स्यामबहादुर श्रेष्ठको ७ प्रतिशत, उमेश कसजु, विष्णु बहादुर खत्री र बच्चु पौडेलको ६ प्रतिशतको दरमा सेयर स्वामित्व रहेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago