३५ करोड रुपैयाँ बराबरको सेयर जारी

शिव श्री हाइड्रोपावर लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि १४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । कम्पनीले सिन्धुपालचोकमा २२.२ मेगावाटको माथिल्लो चाकु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । आयोजना फुलपिङकटि र मारमाङ गाविसमा अवस्थित छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको निर्माण अवधि केही लम्बिएको छ । ३ वर्षभन्दा अघि गएको जुरे पहिरोको कारण पनि निर्माणमा ढिलाई भएको हो । प्रतिमेगावाट १३ करोड ६० लाख अनुमान गरिएको आयोजनाको लागत १८ करोड २० लाख पुगेको छ । यही कारण आयोजनाको उत्पादन पहिले तोकिएको मिति भन्दा ४ वर्ष ढिला हुने भएको छ ।
दुई महिना अघि आयोजनाको लगभग ८५ भौतिक पुर्वाधारको काम सकिएको छ ।

फागुनसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि त्यो सम्भावना कम देखिएको छ । कम्पनीले १ हजार १ सय मिटर पेनस्टक निर्माण गर्न र ५ सय ५० मिटर (२० प्रतिशत) टनेल निर्माण हुन बाँकी रहेकोले लगभग जेठसम्ममा निर्माण सकिने अनुमान इक्रा नेपालले गरेको छ ।
इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।
४ अर्ब रुपैयाँ निर्माण लागत लाग्ने देखिएको आयोजनाबाट प्रतिफल पाउने सम्भावना कमजोर रहेको छ । कम्पनीले आयोजना निर्माणको लागि ६६ प्रतिशत लगानी ऋणबाट जोहो गर्ने भएको हो ।

उत्पादित विद्युतको लागि प्रसारण लाइन उपलब्ध रहेको छ । आयोजनाको अवधि ३० वर्षको रहेको भएपनि लगभग कम्पनीसँग २९ वर्षको अवधि बाँकी रहेको छ ।
कम्पनीमा ७ जना संस्थागत सहित ६७ जना संस्थापक लगानीकर्ता रहेका छन् । कम्पनीमा यति ट्रेडर्स एण्ड डेभलपरको २४ प्रतिशत, बैधिक हाइड्रो इन्भेष्टमेन्टको ११ प्रतिशत, ग्राण्डे होल्डिङ्सको ८ प्रतिशत, स्यामबहादुर श्रेष्ठको ७ प्रतिशत, उमेश कसजु, विष्णु बहादुर खत्री र बच्चु पौडेलको ६ प्रतिशतको दरमा सेयर स्वामित्व रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago