माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग सम्झौतापत्रमा हस्ताक्षर

चितवनको माडीस्थित वादरमुढे पिडीतहरुसंग नेकपा माओवादी केन्द्रले सम्झौता गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।आज माडीमा आयोजित सभामा जाने क्रममा माडी नगरपालिकाको रोहवरमा नगरपालिकामै माओवादी अध्यक्ष प्रचण्डले पिडीत २९ जनाका विचमा ३ वुदे सम्झौता भएको हो । सम्झौतामा मृतकका आश्रित परिवारलाई अवस्था हेरी का मगर्न सक्नेलाई रोजगारी,नसक्नेका लागि जीवनवृति,वालवालिकाको पठनपाठनको व्यवस्था गर्ने पहिलो वुदामा उल्लेख गरिएको छ । त्यस्तै घाइतेको औषधी उपचारको व्यवस्था गर्ने र का मगर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृतिको व्यवस्था गर्ने सम्झौता गरिएको छ ।
त्यसैगरी तेस्रो वुदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा कम्तीमा पनि १० विगाहा क्षेत्रमा पार्क वनाउने र त्यसलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने आज गरिएको सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा माओवादी केन्द्रका तर्फवाट माओवादी अध्यक्ष प्रचण्ड र पिडीतहरुको तर्फवाट विकास लामिछाने,कृण्ण तिवारी,कृष्ण आचार्य,हरी न्यूरे(सुदिप),मंगली पुनले सम्झौता गरेका छन् ।सम्झौतापछि पीडितहरुलाई माओवादी अध्यक्ष प्रचण्डले सम्झौता पूर्णरुपमा पालना हुनेमा विश्वास दिलाएका थिए । पिडीत हरी न्यूरे(सुदिप र विकास लामिछानेले जसले घटना गराएको हो उसैवाट मात्रै मल्हम खोज्दै आफुहरुले सम्झौता गरेको र पालना हुनेमा पूर्ण विश्वस्त रहेको प्रतिकृया दिएका छन् ।
सम्झौता गदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडितहरुसगँ भएको सम्झौता पुर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले केहि तत्व अझै पनि खेल्न सक्ने भन्दै अब पिडित र आफुहरु मिलेर सहकार्य गर्ने बताए । घटनालाई अतिरन्जीत गर्ने तत्वहरुको एकजुट भए सामना गर्ने उद्घोष पनि गरेका थिए ।अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीड़ितहरूले बादरमुढेको नाममा धेरैले राजनीति गरेको बताए । “पीड़ितहरूमाथि र केही पीड़ितहरूले पनि अरु पीड़ितहरूमाथि थप पीड़ा थोपरेकोले अब आफ्ना समस्याको हल द्वेस र द्वन्दबाट नभइ प्रचण्डको पहलबाट मात्र संभव हुने निर्क्यौलमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ ।” स्वागतपछि अध्यक्ष प्रचण्डसँग ऊनीहरूले भने ।

यसअघि पनि प्रचण्डले माडीमा ६० लाखको राहत प्याकेज घोषणा गरेका थिए तर कार्यान्वयनमा आउन सकेको थिएन् । दुई साता अघि मात्रै प्रचण्डले बादरमुढे स्मारकमा आफै एकाबिहानै पुगेर माल्यार्पण गरेका थिए । यो जनयुद्धको सबैभन्दा ठुलो भुल भएको स्वीकार समेत गर्दै आएका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago