लुम्बिनी दिबस कुवेतमा १०८ दिप प्रज्वलन गर्दै शान्तीको कामना सहित सम्पन्न

भगवान गौतम बुद्दको जन्म स्थान नेपालको पवित्र स्थल लुम्बिनीनै हो” भनेर संसार भर प्रचार प्रसार गरेरमनाइदै आएको लुम्बिनी दिबस कुवेतमा १०८ दिप प्रज्वलन गर्दै शान्तीको कामना सहित सम्पन्न भएको छ।लुम्बिनी समाज नेपाल-कुवेतको आयोजनामा कुवेतको जिलिब स्थित पपिन हालमा एक बिषेश कार्यक्रम गरी नोभेम्बर -३०, २०१७ बिहीवारका बेलुकाकुवेतमा पाँचौ पटक लुम्बिनी दिबस मनाइएको हो।
लुम्बिनी समाज नेपाल-कुवेतका बरिष्ट उपाध्यक्ष रमेश नेपाली(पाल्पाली)को सभापतित्व तथा नेपाली दुताबासका त्रितिय सचिबसुरेश अधिकारिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम समाजका महासचिब नेत्र प्रेमी मगरले सन्चालन गरेका थिए।समाजका प्रथम उपाध्यक्ष अशोक वस्तीले उपस्थित सबैलाई स्वागत मन्तब्यबाट स्वागत गरेका थिए भने संस्थाका संरक्षक तथा पत्रकार नवराज पन्थीले लुम्बिनी दिबस मनाउनुको कारण प्रस्ट्याएका थिए।उनले विश्वभर रहेका नेपालीहरुले र नेपालमा समेत सन २००७ देखीनै लुम्बिनी दिबस मनाउदै आएको र कुवेतमा पाँचौ पटक लुम्बिनी दिबस मनाउदै गर्दा यसले गौतम बुद्द नेपालका होइनन् भन्ने बेलाबखतका झुटको खेतीलाई चिर्न सफल भएको बताए।
त्यसै गरी पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने, लालीगुरास सास्कृतिक परिवारका अध्यक्ष माधव पौडेल, सुदुर पश्चिमाञ्चल सेवा समाज कुवेतका अध्यक्ष अमर खड्का, उक्त संस्थाकी निरू खड्का, एनआरएनए कुवेत महिला उपाध्यक्ष तथा समाजको सल्लाहकार सुमित्रा पौडेल,डोल राज न्यौपाने, समाजका संरक्षक एब पूर्व अध्यक्ष एच.पी. खत्री लगाएतले गौतम बुद्द,लुम्बिनी र लुम्बिनी समाज नेपाल कुवेतले कुवेतको नेपाली समाज तथा नेपालको बिभिन्न स्थानमा गरेको सहयोग तथा मानबिय कामहरुको प्रसंसा गरेका थिए।
लुम्बिनीको प्रचार प्रसारका साथमा बिभिन्न आपत-बिपतमा परेका हरुलाई साथ-सहयोग गर्दै कुवेतको नेपाली समाज आफ्नो राम्रो प्रभाब पार्न सफल लुम्बिनी समाज नेपाल कुवेतको पहिलो प्रस्तुती तथा अध्यक्ष रुपेन्द्र बिक्रम हमालको पारीकल्पनामा बनाइएको र छिट्टै भिडियो बनाइन लागिएको गीत”हाम्रो लुम्बिनी, राम्रो लुम्बिनी”लाई सार्वजनिक गरिएको थियो।प्रमुख अतिथीतथा नेपाली दुताबासका त्रितिय सचिब सुरेश अधिकारीले उक्त नयाँ गीतको भिडियोको सन्देशलाई अंग्रेजी रुपान्तरणमा पनि समाबेश गर्न र विश्वभरका मुलुकहरुलाई गौतम बुद्ध नेपालमा जन्मिएको सन्देश पुर्याउन समेत सुझाब दिएका थिए।
Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago