लुम्बिनी दिबस कुवेतमा १०८ दिप प्रज्वलन गर्दै शान्तीको कामना सहित सम्पन्न

भगवान गौतम बुद्दको जन्म स्थान नेपालको पवित्र स्थल लुम्बिनीनै हो” भनेर संसार भर प्रचार प्रसार गरेरमनाइदै आएको लुम्बिनी दिबस कुवेतमा १०८ दिप प्रज्वलन गर्दै शान्तीको कामना सहित सम्पन्न भएको छ।लुम्बिनी समाज नेपाल-कुवेतको आयोजनामा कुवेतको जिलिब स्थित पपिन हालमा एक बिषेश कार्यक्रम गरी नोभेम्बर -३०, २०१७ बिहीवारका बेलुकाकुवेतमा पाँचौ पटक लुम्बिनी दिबस मनाइएको हो।
लुम्बिनी समाज नेपाल-कुवेतका बरिष्ट उपाध्यक्ष रमेश नेपाली(पाल्पाली)को सभापतित्व तथा नेपाली दुताबासका त्रितिय सचिबसुरेश अधिकारिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम समाजका महासचिब नेत्र प्रेमी मगरले सन्चालन गरेका थिए।समाजका प्रथम उपाध्यक्ष अशोक वस्तीले उपस्थित सबैलाई स्वागत मन्तब्यबाट स्वागत गरेका थिए भने संस्थाका संरक्षक तथा पत्रकार नवराज पन्थीले लुम्बिनी दिबस मनाउनुको कारण प्रस्ट्याएका थिए।उनले विश्वभर रहेका नेपालीहरुले र नेपालमा समेत सन २००७ देखीनै लुम्बिनी दिबस मनाउदै आएको र कुवेतमा पाँचौ पटक लुम्बिनी दिबस मनाउदै गर्दा यसले गौतम बुद्द नेपालका होइनन् भन्ने बेलाबखतका झुटको खेतीलाई चिर्न सफल भएको बताए।
त्यसै गरी पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने, लालीगुरास सास्कृतिक परिवारका अध्यक्ष माधव पौडेल, सुदुर पश्चिमाञ्चल सेवा समाज कुवेतका अध्यक्ष अमर खड्का, उक्त संस्थाकी निरू खड्का, एनआरएनए कुवेत महिला उपाध्यक्ष तथा समाजको सल्लाहकार सुमित्रा पौडेल,डोल राज न्यौपाने, समाजका संरक्षक एब पूर्व अध्यक्ष एच.पी. खत्री लगाएतले गौतम बुद्द,लुम्बिनी र लुम्बिनी समाज नेपाल कुवेतले कुवेतको नेपाली समाज तथा नेपालको बिभिन्न स्थानमा गरेको सहयोग तथा मानबिय कामहरुको प्रसंसा गरेका थिए।
लुम्बिनीको प्रचार प्रसारका साथमा बिभिन्न आपत-बिपतमा परेका हरुलाई साथ-सहयोग गर्दै कुवेतको नेपाली समाज आफ्नो राम्रो प्रभाब पार्न सफल लुम्बिनी समाज नेपाल कुवेतको पहिलो प्रस्तुती तथा अध्यक्ष रुपेन्द्र बिक्रम हमालको पारीकल्पनामा बनाइएको र छिट्टै भिडियो बनाइन लागिएको गीत”हाम्रो लुम्बिनी, राम्रो लुम्बिनी”लाई सार्वजनिक गरिएको थियो।प्रमुख अतिथीतथा नेपाली दुताबासका त्रितिय सचिब सुरेश अधिकारीले उक्त नयाँ गीतको भिडियोको सन्देशलाई अंग्रेजी रुपान्तरणमा पनि समाबेश गर्न र विश्वभरका मुलुकहरुलाई गौतम बुद्ध नेपालमा जन्मिएको सन्देश पुर्याउन समेत सुझाब दिएका थिए।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago