रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बिर्तामोड १०‌ मा ३२ वटा बृक्ष रोपण

२०८०, १३ श्रावण शनिबार १५:१४

बिर्तामोड। बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्न र हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना छ ।

यस कार्यलाई सार्थकता दिन रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बिर्तामोड १०‌ चम्मरघाप अधारभूत विद्यालयमा बिभिन्न प्रजातिका ३२ वटा बृक्ष रोपण गरेको छ। रोट्रयाक्टले विद्यालयमा गत असार १६ गते शनिबारका दिन १७ रुख रोपिएको थियो।

रोट्रयाक्ट क्लब अफ बिर्तामोडले चम्मरघाप अधारभूत विद्यालयमा आज थप १५ वटा रुख रोपिएको छ। रोटर्याक्टले बिर्तामोड वडा ०३ को सहयोगमा कार्यक्रम आयोजना गरेको थियो।

आगामी दिनमा पनि सबै सामाजिक ब्यक्तित्वको साथ सहयोग यसरीनै रहिरहोस भन्ने अपेक्षा गर्दै रोट्रयाक्ट क्लब अफ बिर्तामोडले स्थानीय बासी आम नेपाली सम्पुर्णले रोपण गरेको वृक्षलाई लाई संमरक्षण गरौ भनी अपिल गरेको छ ।

Comments

ताजा खबर