चितवन, २० साउन । दिनहुजसाे सास्ती भइरहेकाे नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएकाे छ । चितवनको भरतपुर–२९ केराबारीमा पहिरो जाँदा सडक अवरुद्ध भएको हाे । आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । केराबारी मौरीपुल क्षेत्रमा पटक पटक पहिरो गएर सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाएका छन् ।
Comments