जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान

२०७९, २६ बैशाख सोमबार ०५:४०

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको हो ।

यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु