कांग्रेसका ३ बागी उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

२०७९, १६ बैशाख शुक्रबार १२:२१

नवलपरासी — पूर्वीनवलपरासीमा कांग्रेसका ३ जना बागी उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । बुलिंटार गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले मगरले उम्मेदवारी फिर्ता लिएको कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले जानकारी दिए ।

त्यस्तै कावासोतीमा कांग्रेसका २ बागी उम्मेदवारले पनि नाम फिर्ता लिएका छन् । कावासोती नगरपालिका १२ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका त्यहाँका पार्टी सभापति राजकुमार गुरुङ र विष्णुप्रसाद लम्सालले शुक्रबार मनोनयन फिर्ता लिएका हुन् ।
कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले उनीहरूले निर्वाचन कार्यालयमा गएर नाम फिर्ता लिइसकेको जानकारी दिए । निर्वाचन कार्यालयले उनीहरूले फिर्ता लिएको पुष्टि गरेको छ । उम्मेदवार मनाउन जिल्ला नेताहरू बागीको घरघर पुगेका थिए ।

त्यहाँ कांग्रेसले देवीप्रसाद काफ्लेलाई वडाध्यक्षमा उम्मेदवार बनाएको छ ।

Comments

ताजा खबर